कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय राज्यमन्त्रीद्वारा रेल्वे र सडकको निरिक्षण

जनकपुर — भारत सरकारका सडक, परिवहन तथा राजमार्ग राज्यमन्त्री मनसुख मान्डाभियाले निर्माणाधिन जयनगर–जनकपुर रेल्वे खण्डको निरिक्षण गरेका छन् । काठमाडौंबाट सोमबार जहाजमा जनकपुर उत्रिएका भारतीय राज्यमन्त्री मान्डाभियाले भारत सरकारकै लगानीमा निर्माण भइरहेको रेल्वे लाइनको निरिक्षण गरेका हुन् ।

भारतीय राज्यमन्त्रीद्वारा रेल्वे र सडकको निरिक्षण

भारतीय राज्यमन्त्री मान्डाभियाले जनकपुरको जानकी मन्दिरको पुजाअर्चना गरेपछि जयनगर–जनकपुर रेल्वे खण्डको कुर्थासम्म पुगेर निरिक्षण गरेका थिए । उनले धनुषाको यदुकोहामा भारतीय सरकारकै लगानमै निर्माण भइरहेको सडकको समेत निरिक्षण गरेको छ । धनुषाका सिडिओ प्रेमलाल लामिछानेले भारतीय राज्यमन्त्री मान्डाभियाको जनकपुर भ्रमणका लागि गृहमन्त्रालय र वीरगन्जस्थित भारतीय दूतावासको कार्यालयबाट पत्र आएको बताए ।


भारतीय राज्यमन्त्री मान्डाभियाले प्रदेश २ को भौतिक पूर्वाधार तथा योजनामन्त्री जितेन्द्र सोनल र जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसित पनि भेटवार्ता गरेका छन् । जनकपुरको सीता शरण होटलमा प्रदेश सरकारका मन्त्रीसित भारतीय राज्यमन्त्री मान्डाभियाले विकास निर्माण र अन्य विषयमा कुराकानी गरेका थिए ।


भारतीय राज्यमन्त्री मान्डाभिया धनुषामा निर्माणाधिन रेल्वे र सडकको निरिक्षण गर्दै । तस्बिर : अजित तिवारी/कान्तिपुर

गृह मन्त्रालय र भारतीय दूतावासले धनुषाको सिडिओलाई लेखेको पत्रमा भारतीय राज्यमन्त्री मान्डाभियाको जनकपुर भ्रमणको क्रममा जानकी मन्दिरको दर्शन र रेल्वे तथा सडकको निरिक्षण गर्ने मात्र उल्लेख छ । प्रदेश सरकारका मन्त्रीसित उनको भेटवार्ताबारे स्थानीय प्रशासनले पनि अनभिज्ञता जाहेर गरेको छ ।


कुर्थाको रेल्वे प्लेटफर्ममा पुगेका भारतीय राज्यमन्त्री मान्डाभियाले रेल्वे कहिलेदेखि सञ्चालनमा आउने जिज्ञासा राखेका थिए । राज्यमन्त्री माण्डवीयाले करिव ६ अर्ब भारतीय रुपैयाँको लागतमा निर्माणाधीन जनकपुर–जयनगर रेल्वेको निर्माण प्रगति र हुलाकी राजमार्गको निर्माण सम्बन्धी गतिविधिको नीरिक्षण गरे ।


भारतको रेल्वे विभागका डिजिएम उमेशचन्द्र त्रिपाठीले उनलाई रेल्वे निर्माणको प्रगति र निर्माण सम्पन्न हुने समयबारे जानकारी गराएका थिए । कुर्थाबाट फर्केर पूर्वी धनुषाको यदुकोहा पुगेर सडक निर्माणको निरिक्षणपछि राज्यमन्त्री माण्डवीया सोमबार अपरान्ह नै काठमाण्डौं फर्किएका छन् ।


प्रकाशित : भाद्र १८, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?