कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्धारित समयअघि नै कालोपत्रे

माईस्थान–गौशाला–समसी सडक
रवीन्द्र उप्रेती

महोत्तरी — पूर्वपश्चिम राजमार्गलाई भारतीय सीमासँग जोडने माईस्थान–गौशाला–समसी २७ किमि सडकको कालोपत्रे सुरु भएको छ ।

निर्धारित समयअघि नै कालोपत्रे

भारत सरकारको सहयोगमा मुलुकभर निर्माणाधीन अवस्थामा रहेका १४ हुलाकीमध्ये यो सवैभन्दा पहिले कालोपत्रे सुरु भएको सडक रहेको भारतीय प्राविधिकले जनाएका छन् । शुक्रबारदेखि सुरु भएको कालोपत्रे शनिबारसम्म एक किमि सकिएको छ ।


ठेकेदार कम्पनी लामा डाफे गोल्डेन गुड जेभीका इन्जिनियर गोपाल थापाका अनुसार कालोपत्रे ‘प्रिमिक्स कारपेट’ स्तरमा हुन लागेको हो । ‘यस प्रकारको कालोपत्रे प्लान्टमै पकाएको गिट्टीअलकत्रा सडकमा विच्छाइन्छ’ थापाले भने ‘समझौताअुनसार कालोपत्रेको मोटाइ ‘थिकनेस’ ३ सेमि हो ।’


हुलाकी सडक रेखदेख तथा गुणस्तर नापजाँचका लागि कार्यरत भारतीय कन्सलटेन्ट ‘एनएचआइडिएल’ का इन्जिनियर सरफराज आलम तथा ईस त्यागीका अनुसार यो कालोपत्रे पूर्वपश्चिम लोकमार्गको भन्दा स्तरीय छ । ‘चार लेनमा निर्माणाधीन यो सडकको कालोपत्रेको प्रकार प्रिमिक्स कारपोरेट भएकोले पूर्वपश्चिम राजमार्गभन्दा १० गुणा बलियो हुने छ,’ आलम र त्यागीले एकसाथ भने ।


त्यति मात्र हैन निर्धारित समय अगावै निर्माण सम्पन्न हुन लागेको जिल्लाको यो नै पहिलो सडक भएको दाबी गरिएको छ । परियोजना संयोजक अर्जुन शिवाकोटीका अनुसार निर्माण कार्यमा बाधा व्यवधान नभए यो निर्धारित समयभन्दा ६ महिनाअघि सम्पन्न भइसक्नेछ । सन २०१७ फेबु्रअरी १२ मा सम्झौता भएको यो सडक २४ महिना अर्थात् सन् २०१९ फेब्रुअरी १२ मा निर्माण सम्पन्न हुनुपर्ने हो ।


‘कुनै अडचन आइनलागे हामी आउँदो कात्तिक (अक्टोवर) भित्र समापन गरि सक्छौं,’ शिवाकोटीले भने । ५७ करोडमा ठेक्का सम्झौता भएको यो सडकको तातकालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले २० भदौमा उद्घाटन गरेका थिए ।


भारतीय पक्षले गरेको लक्ष्यअनुसार सडकको अधिकतम गति प्रतिघण्टा ८० किमि र भारवाहन क्षमता १० टन रहेको ठेकेदारका इन्जिनयर थापा तथा ‘एनएचआइडिएल’ का इन्जिनियर आलमले बताए ।


पूर्वपश्चिम लोकमार्गलाई भारतीय सीमासँग जोडने जिल्लाकै प्राचीनमध्येको यो सडक भारतीय ठेकेदार कम्पनी भिस्वा–वीभीएसआर जेभी सन् १९१० मा कामै नगरी भागेपछि दशकदेखि अलपत्र अवस्थामा थियो ।


निर्माण सम्पन्नपछि यो सडकले भारतीयसमेत यस भेगका ५ लाख बढी जनता लाभान्वित हुनुका साथै तराईदेखि मध्य पहाडी जिल्ला (सिन्धुली रामेछापलगायत) बीचको व्यापारलाई समेत सहज बनाउने आशा जगाएको छ । जिल्लाको उत्तरवर्ती क्षेत्रको ‘लाइफ लाइन’ रहेको यो सडकको कालोपत्रे भएपछि यस भेगको समृद्धि र प्रगति फडको मार्ने स्थानीयले जनाए ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?