कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी अस्पतालमै निजी फार्मेसी

सन्तोष सिंह

जनकपुर — जनकपुर अञ्चल अस्पतालको ओपीडीमा गर्भवती जाँचका लागि आएका सेवाग्राहीलाई डा. विजय कापरले पोलिक एसिड सेवन गर्न सुझाव दिए ।

सरकारी अस्पतालमै निजी फार्मेसी

डाक्टरको सल्लाहअनुसार गर्भवती महिला अस्पताल परिसरकै प्रिन्स फार्मेसीबाट औषधि खरिद गरे ।

खरिद गरेको औषधि कन्फर्म गराउन पुन: डा. कापरसँग भेटन आउँदा फार्मेसीले अर्कै औषधि दिएर पठाइएको पाइयो । कापरले फार्मेसी सञ्चालकलाई बोलाएर ल्याउनभन्दा फार्मेसी सञ्चालकले औषधि फिर्ता लिएर ग्राहकलाई अन्तै औषधि खरिद गर्न पठाइदिए । फार्मेसी सञ्चालकले कम्पोजिसन मिलाएर मुनाफा हुने औषधि दिएको डा.कापरले बताए ।

फार्मेसी सञ्चालकले डाक्टरले सुझाएको औषधिभन्दा पनि मुनाफ हुने कम्पनीको औषधि बिरामीलाई थमाएपछि यहाँ उपचार गराउन आउनेहरू ठगीमा पर्ने गरेको कापकरले बताए । अस्प्ताल परिसरकै फार्मेसी लापरवाही गरेको छ, डा. कापरले भने, ‘अस्पतालको आफनै फार्मेसी सञ्चालनमा आइसकेपछि परिसरभित्र फार्मेसी चलाउन पाइँदैन । अटेरी गरेर परिसरभित्र सञ्चालनमा रहेको फार्मेसी औषधि बिक्री वितरणमा लापरवाही गर्दै आएको छ ।’

जनकपुर अञ्चल अस्पतालमा उपचार गराउने आउने बिरामीलाई सहुलियत दरमा औषधि उपलब्ध गराउन अस्पतालले फार्मेसी सञ्चालन गरेको छ । अस्पतालको फार्मेसी सञ्चालन भएपछि परिसरभित्रका फार्मेसी पटकपटक खाली गर्न अस्पताल प्रशासनले पत्रचार गरेपछि निजी फार्मेसीले अटेर गर्दै आएको छ ।

अस्पताल परिसरभित्र रहेर भाडा नतिर्ने फार्मेसीहरूले औषधिमा सेवाग्राहीसँग चर्को शुल्क र प्रयोजित औषधि बिक्री गर्ने गरेको छ । फार्मेसीले कमिसन बढी आउने र उपहार प्राप्त हुने औषधि बेच्दा बिरामी मारमा पर्दै आएका छन् ।

स्वास्थ्य मन्त्रालय र मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनलायले अस्पतालको फार्मेसीलाई प्रभावकारी बनाउन परिसरभित्र रहेको निजी फार्मेसी बन्द गर्न दिर्नेशन दिएका छ । तर, जनकपुर अञ्चल अस्पतालको निजी फार्मेसी निर्वाद रूपमा सञ्चालन भइरहेको छ ।

आशुतोया विल्डर्स, आदित्य इन्टरनेशनल, उमा मेडिकहल हल, प्रिन्स फार्मेसी लगायतको निजी फार्मेसी अस्पताल परिसरमा सञ्चालनमा छन् । अस्पताल प्रशासनले परिसरभित्रको निजी फार्मेसी खाली गराउन पटकपटक पत्रचार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरिक्षण यादवले बताए ।

प्रकाशित : आश्विन ३, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?