कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्लिम छात्रा विद्यालय स्थापना

शाहीमान राई

जनकपुर — यहाँका मुस्लिम समुदायले आफ्नै लगानीमा मुस्लिम छात्रा लागि छुट्टै विद्यालय स्थापना गरेका छन् । जनकपुर उपमहानगरपालिका–२३ बेलामा मुस्लिम बालिकाको पठनपाठनका निम्ति स्थानीय मुस्लिम समुदायले विद्यालय स्थापना गरेका हुन् ।

मुस्लिम छात्रा विद्यालय स्थापना

धनुषाका मुस्लिम महिला बालबालिकालाई अध्या अध्यापनका निम्ति जनकपुर उपमहानगरपालिका–२३ बेलास्थित जामिया हजरत आसिया सिद्धिकिया इन्स्टिच्युट नामक इस्लामिक महिला विद्यालय स्थापना गरेका हुन् । विद्यालयमा धार्मिक शिक्षासहित नेपाल सरकारको पाठयक्रम अनुसार उर्दु, हिन्दी र अंग्रेजी विषयको पठनपाठन गराइने इन्स्टिच्युटका संस्थापक मो.अलिमुद्धिन नुरीले बताए ।


उनले प्रदेश २ सरकारद्वारा घोषित ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमलाई सघाउ पुर्‍याउने जनाए । नवस्थापित मुस्लिम छात्रा विद्यालयमा औपचारिक शिक्षा र व्यावसायिक व्यावहारिक शिक्षाका लागि सिलाइ कटाइ, बुनाइ, कम्प्युटर शिक्षा लगायत जीवनोपयोगी विषयको पठनपाठन गराइने संस्थापक मो.अलिमुद्धिनले
जानकारी गराए ।


धनुषाका मुस्लिम समुदायको सक्रियतामा स्थापित विद्यालयको सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे । विद्याय उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मुस्लिम महिला विद्यालयमा मुस्लिम महिला बालबालिकाको पठनपाठन, महिला शिक्षामा प्रभावकारी भूमिका निर्बाह गर्ने बताए । शिक्षाको क्षेत्रमा सबभन्दा पछाडि परेका तराई मधेसका मुस्लिम महिला बालबालिकाको निम्ति विद्यालय स्थापना गर्नु प्रशंसनीय भएको बताए । यसले प्रदेश सरकारले घोषणा गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई समेत सहयोग पुग्ने मुख्यमन्त्री राउले विश्वास व्यक्त गरेका छन् ।


मुख्यमन्त्री राउतले प्रदेश सरकारले छोरीहरूको शिक्षा र रोजगारीको अवसरका निम्ति योजना निर्माणमा लागेको जनाए । छोरा र छोरीलाई समान किसिमको शिक्षा, दीक्षा, अवसर प्रदान गर्न सके मात्रै समानतामा आधारित विकास समभव हुने भएकोले महिला बालबालिकालाई प्रभावकारी शिक्षा प्रदान गर्नका निम्ति अभिभावकहरू अग्रसर हुनुपर्ने बताए ।


मुस्लिम समुदायले आर्थिक सहयोग जुटाएर ७ कक्षा क्षेत्रफल जमिनमा स्थापना गरेको ‘जामिया हजरत आसिया सिद्धिकिया इन्स्टिच्युटमा अध्ययनरत ३ सय विद्यार्थीमध्ये २ सय मुस्लिम वालबालिका आवासीय सुविधासहित अध्ययनरत रहेको संस्थापक मो.अलिमुद्धिन नुरीले बताए ।


मुस्लिम विद्यालयलाई मावि तह कक्षा ११ र १२ कक्षासम्म पठनपाठन गराउने योजना रहेको सुनाउँदै संस्थापक अलिमुद्धिनले विद्यालय सञ्चालनका निम्ति राज्यले सहयोग
गर्नुपर्ने बताए ।

प्रकाशित : आश्विन ९, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?