कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मासु–मदिरा रोक्न कीर्तन

सन्तोष सिंह

धनुषा — जनकपुरको परिक्रमा क्षेत्रमा मदिरा र मासु निषेधित क्षेत्र कार्यान्वयनका लागि संकल्प अभियान सुरु भएको छ । जिल्ला अदालत धनुषा र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि जनकपुरमा मदिरा र मासु निषेधित क्षेत्रका लागि नागरिक समाज अभियान चलाएको छ ।

मासु–मदिरा रोक्न कीर्तन

जनकपुरको जनक मन्दिरमा आइतबार र सोमबार साधुहरूले सीताराम नाम संकीर्तन आयोजना गरी संकल्प अभियानको थालनी गरेको छ । जनकपुर नागरिक समाज र अस्तित्व संरक्षण समिति जनकपुरधामले मदिरा र मासु बिक्री रोक्न जनकपुरमा सीताराम नाम संकीर्तन आयोजना गरी संकल्प अभियान सुरु गरेको हो ।


जिल्ला अदालत धनुषाका सुरेन्द्रप्रसाद सिंहको इजलासले ०४९ भदौ ७ गते जनकपुरको धार्मिक स्वच्छता र पवित्रता कायम राख्न आवश्यक रहेको भन्दै परिक्रमा क्षेत्रमा कानुनबमोजिम माछा, मासु र मदिरा बिक्री वितरण गर्न नपाउने आदेश दिएको थियो ।


सर्वोच्च अदालतलका न्यायाधीशद्वय अनुपराज शर्मा र बलराम केसीको संयुक्त इजलासले ०६२ जेठ २४ गते जिल्ला अदलातको आदेशलाई सदर गर्दै जनकपुरको परिक्रमा क्षेत्र निर्धारण गरी क्षेत्रबाहिर मदिरा र मासु व्यापार गर्न निषेधाज्ञा जारी गरेको थियो । अदालतको आदेश कार्यान्वयन गर्न सीताराम नाम संकीर्तन आयोजना गरी संकल्प अभियान सुरु गरिएको जनकपुरको पूर्व मेयर राजदेव मिश्रले बताए ।


जनकपुरमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महिलाहरूले समेत जनकपुरमा मदिरा र मासु बिक्री वितरणमा रोक लगाउने माग गर्दै आएको छ । राजापाकी महिलाहरूले जनकपुरधाम उप महानगरपालिकाका प्रमुख लालकिशोर साह, धनुषाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई परिक्रमा क्षेत्रमा मदिरा निषेधित गर्न ज्ञापनपत्र बुझाएका थिए ।


मदिरा सेवनले महिला हिंसा
बढ्नुको साथै धार्मिक नगरी जनकपुरको मन्दिर आसपासममै मदिरा र मासु बिक्री गर्दा तीर्थालुलाई समस्या हुने गरेको राजपाकी केन्द्रीय सदस्य सरिता शर्माले बताइन् ।


‘परिक्रमाभित्र जानकी मन्दिर सहित अन्य मन्दिरहरू छन्,’ शर्माले भने, ‘मन्दिर छेउमै मदिरा र मासु बिक्रीले धार्मिक स्थलको बदनामी भएको छ । पर्यटकलाई सहज हुनकै लागि मदिरा र मासु निषेधको माग गरेका छौं ।’ जनकपुर उप महानगरका प्रमुख लालकिशोर साह धार्मिक नगरी जनकपुरको परिक्रमा क्षेत्रमा मदिरा र मासु निषेध गर्ने प्रयास भइरहेको बताए ।

प्रकाशित : आश्विन ९, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?