चाडपर्व अगावै भारतीय पटाकाको चोरी पैठारी बढ्यो

रवीन्द्र उप्रेती

महोत्तरी — चाडपर्व आउनु अघि नै चोर नाका प्रयोग गरेर जिल्लामा प्रतिबन्धित पटाका भित्रिन थालेको छ । पटाका मूख्यत: तिहार, छठ, सामाचकेवा जस्ता पर्वमा रमाईलोका लागि प्रयोग गरिन्छ । तर दसैं अगावै पक्राउ पर्न थालेका लाखौं मूल्यका पटाकाले सुरक्षा निकायलाई नै चकित पारेको छ । 

चाडपर्व अगावै भारतीय पटाकाको चोरी पैठारी बढ्यो

पर्व लगेपछि चेक कडा हुने भएकोले तस्करले मौका छोप्न अगाडि देखि नै यसको ओसारपसार सुरु गरेको अनुमान छ । काठमाडौं, पोखरालगाएतका पहाडी भेगका उपभोक्तालाई लक्षित गरी समाय अगावै पटाका भित्राउन थालिएको जनाइको छ ।

सीमा क्षेत्रमा रहेका सुरक्षा निकायले भदौ अन्तिम सातादेखि पटाखा पक्रन सुरु गरेको जनाएको छ । अहिलेसम्म सशस्त्र र नेपाल प्रहरीले दुई लाख बढीका पटाका बरामद गरिसकेका छन् । सबैभन्दा पहिले भदौ अन्तिम साता औरही नगरपालिकासिथत कठधार प्रहरी चौकीले ७५ हजार मूल्य बराबरको पटाका नियन्त्रणमा लिएको थियो । त्यसपछि सीमावर्ति हलखोरी नाकाका प्रहरी चौकीले २५ हजारबराबरको पटाका पक्राउ गर्‍यो ।


लगत्तै प्रमख भन्सार नाका भिट्ठामोडस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको रात्री गस्तिले लाखबढी मूल्यका पटाका पक्राउ गरेपछि यसको चोरी पैठारीमा तस्करहरुको नियोजित समूह सक्रिय रहेको सुरक्षा निकायको अनुमान छ ।


सशस्त्र निरीक्षक अमरराज बरामूको कमाण्डमा खटिएको सीमा गस्तिले जलेशवर जनकपुर सडक खण्डको रातु पुलनजिक शुक्रावर राती साढे १२ बजेतिर टाउकोमा कार्टुन बोकेर जलेश्वरतर्फ पैदल जादै गरेका ३ जनालाई शंका लागि रोक्न खोज्दा उनीहरु कार्टुन फयाकेर भागेका थिए ।


‘खोली हेर्दा कार्टुन विभिन्नखाले पटाकाले भरिएका थिए,’ सशस्त्र निरीक्षक बरामूले भने, ‘सबै कार्टुन नियन्त्रणमा लियौं र सार्वजनिकरुपमा खाल्डोमा पुरेर नष्ट गर्‍यौं ।’


प्रकाशित : आश्विन १४, २०७५ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?