कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जानकीलीला प्रदर्शनको तयारी

कान्तिपुर संवाददाता

जनकपुर — कात्तिकको तेस्रो सातादेखि भारतको राजधानी नयाँदिल्ली र सांस्कृतिकनगरी जयपुरमा आयोजन हुने अन्तरराष्ट्रिय रामलिला महोत्सवमा सहभागी हुने जनकपुरको मिथिला नाट्य कला परिषद् तयारीमा जुटेका छन्  ।

जानकीलीला प्रदर्शनको तयारी

महोत्सवमा सहभागी आयोजक भारतसहित श्रीलंका र थाइलैण्डका अभिनेता–अभिनेतृले रामलिला मञ्चन गर्ने भएपनि नेपालको प्रतिनिधित्व गर्ने मिनापले भने जानकीलिला प्रदर्शन गर्ने छ । मिनापका पूर्व अध्यक्ष सुनिल मल्लिकले जानकीको जन्म जनकपुरमा भएकोले नाटकमा जानकीको जन्मदेखि विवाहसम्मको वर्णन गरिने बताए । जानकीसंग जोडिएको कथा रहेकाले जानकीलिला नाम दिइएको उनले बताए ।


मिनाप अध्यक्ष परमेश झाका अनुसार कात्तिक १० गते शनिबार मिनापको टोली नयाँदिल्लीतर्फ हिड्नेछ । कात्तिक १३ गते बुधबार नयाँदिल्लीमा र दुई दिनपछि जयपुरमा जानकीलिला प्रदर्शन गरिने झाले बताए ।


जानकी जन्मपूर्व मिथिलामा परेको अनिकाल तथा वर्षाको कामनासाथ राजा जनकले हलेष्ठी यज्ञ गर्दा वर्षा भएको प्रसङबाट नाटकको प्रारम्भ गरि जानकीको विवाहसम्मको कथावस्तु नाटकमा समेटिएको छ । पारम्परिक रामलीला शैलीको नाटकमा सोहर, बधैया, पमरिया, झुलालगायतका पारम्परिक गीतसंगीतको प्रयोग छ । किर्तनिया, नौटंकीजस्ता लोक नाच शैलीको प्रयोग पनि नाटकमा गरिएको छ ।


मल्लिकको संगीत र झाको निर्देशनमा तयार गरिएको गीति नाटकमा धीरज राउत तथा सन्नी राउत नृत्य निर्देशन गरेका छन् ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?