कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नियम मिच्दै व्यापारी

पर्वको मौका छोपेर मुख्य राजमार्गमै फलफूल, खेलौनालगायत पसल थापेर बसेका छन्
शिव पुरी

रौतहट — सात महिनाअघि चन्द्रपुर नगरपालिकाले मुख्य चोकको दाँयाबाँया सडक पेटीमा नियम मिचेर राखिएका पसल हटायो  । ठेला र भूइमा बिभिन्न प्रकारका समान राखेर बिक्री गर्दै आएका ब्यापारी अन्यत्र गए  ।

नियम मिच्दै व्यापारी

केहीले सडकपेटी छाडेरभित्र पसल राखे । अहिले पर्वको मौका छोपेर मुख्य राजमार्गमै फलफुल, खेलौना लगायतको पशल थापेर बसेका छन । उनीहरू कसैलाई टेर्दैनन् ।


दसै पर्वको बेला चन्द्रनिगाहपुरको मुख्य चोकको सडक कब्जा गरि फलफुल बिक्रि गरिरहेका छन । उनीहरूले मानिस हिड्ने पेटी समेत प्रयोग गरेका छन । सडक पेटी र मुख्य राजमार्गमै थापिएका पशलका कारण पेटीमा हिड्न समस्या भएको छ । उनीहरू अटेर गरि समान राखेर बसेका छन । नगरपालीकाले यस क्षेत्रका सबै पसल हटाईएको थियो । पेटी र राजमार्ग आसपासका साना खुद्रे पशल र फलफुलका ठेलाहरू हटाईए पछि सफ देखीएको थियो । अहिले फेरी कुरुप बनेको छ । पछिल्लो दुई साता यता सडके ब्यापारीले अटेर गरि सडकमै पशल थापेका छन ।


यसले दुर्घट्ना निम्त्याउन सक्ने भन्दै ट्राफिक, प्रहरीले हटाउने प्रयास गरेको थियो । तर उनिहरूले टेरेनन । नगरपालीकाले यस्तो हरकत गर्ने ब्यापारीलाई केही गर्न सकेको छैन । उसले चासो समेत लिएको छैन । नगर नै कुरुप हुने गरि सडकमै पशल थाप्दा सम्बन्धित निकाय चुप बस्नु आश्चर्य भएको स्थानिय समाजसेवी बिनोद घिमिरेले बताए ।

‘नियम मिचेर ब्यापार गर्नु राम्रो हाईन,’उनले भने,‘यसलाई ब्यवस्थित गर्ने दायीत्व नगरपालीकाको हो । अहिले आएर किन मौन बसको हो थाहा भएन ।’ चन्द्रपुर स्थित पूर्वपश्चिम राजमार्गको मुख्य चोक सधै ब्यस्त हुने चोक हो । यहाँ हजारौ गाडी आवत जावत गर्छन । पूर्वपश्चिम चल्ने दिवा तथा रात्री बस रोक्ने जक्सन हो । यही चोकको सडक र पेटीमा भिडभाड हुने गरि फलफुलका पशल राखीएका छन । यसले सबारी आवागमन र यात्रुलाई हैरान पारेको छ । अन्यन्त्र ठाउँ नभएकाले सडक छेउमै फलफुल बेच्न थालेको एक ब्यापारीले बताए ।

‘चाडवाडको बेला छ । अहिले नबेचे कहिले बेच्नु,’उनले भने,‘नियम हामिले मात्र मिचेका छैनौ । अरुले पनि मिचेका छन । अन्यत्र ब्यवस्थित गर्न पहल भए जान तयार छौ ।’ उनिहरू कसैलाई टेर्दैनन । फलफुल पशलको वरपर ट्राफिकले नो पार्किङको बोर्ड राखेर सबारी रोक्न प्रतिबन्ध लगाएको छ । तर फलफुल पशल देखे पछि यात्रु र सबारी चालकले त्यही ल्याएर रोक्ने गर्छन । उनिहरू समेत नियम मिच्छन । ट्राफिक टुलुटुल हेरेर बस्न बाध्य हुन्छन । खुद्रा पशल र पेटी अतिक्रमणले कुरुप बनाएको भन्दै नगरपालीकाको चौतर्फि आलोचना हुदै आएको छ । आईतबार बिहान फलफुल किनेर फर्कन लागेकी एक महिला ट्रकको ठक्करबाट जोगीइन । सडकै पशल भएकाले त्यही बाटो भएर पूर्व जान लागेको ट्रकको ठक्करबाट उनि बालबाल बचेकी थिईन ।


यस अघि सडकको दुबै तिर अतिक्रमण हटाउन लाग्दा नगर प्रमुख रामचन्द्र चौधरी आफै हिडेका थिए । उनले चाडो भन्दा चाडो सडकको दुबै क्षेत्र सफा गर्ने बताएका थिए । ब्यापारीले नटेरेको अहिले मात्र होईन । यहाँ पटक/पटक ठेला र पेटीका सशल हटाउने अभियान नै चलाईन्छ । केही समय पछि ब्यापारीले त्यही ठाउँमा पशल राख्छन । सम्बन्धित निकाय चुप बस्छन । उद्योगा बाणिज्य संघ चन्द्रनिगाहपुरका अध्यक्ष सुनिल जैसवालले सडकका पेटीमा थापिएका पशललाई ब्यवस्थित गर्न जरुरी रहेको बताए । ‘सधै एक पक्ष लखेटी रहने अर्को पक्ष भागिरहने,’उनले भने,‘यस्तो लुकामारी कहिले सम्म चल्छ ।’


नो पार्किङमै रोक्छन गाडी
पूर्वपश्चिम राजमार्ग स्थित चन्द्रनिगाहपुर चोकमा केही समय यता अब्यवस्थित पार्किङ बढेको छ । नगरपालीकाले बस स्ट्याण्ड हटाएर अन्यत्र सारे पनि ब्यवस्थित गर्न नसक्दा समस्या बढेको छ । यहाँ चोकका बिभिन्न स्थानमा जथाभावि बस,ट्रक रोकेर राख्छन । बस, ट्रक, ईरिक्सा, जिप ब्यस्त सडकमै पार्किङ गर्छन । ट्राफिकले राखेको नोपार्किङ बोर्डमै लगेर सबारी रोक्छन । चोकबाट पूर्व चाँदि र पश्चिम जंगलटोल जानेबाटोको सडक दाँया, बाँयातर्फ लहरै सबारी पार्किङ गरेर राखिएका हुन्छन् । ट्राफिक नियम अनुसार सडकमा सवारीसाधन पार्किङ गर्न पाइदैन ।

राष्ट्रिय राजमार्ग भनिएको सडकमा लाग्छ, सडक नै पार्किङस्थल हो । नियम विपरीत गरिएको पार्किङले सवारीसाधन गुडाउन मात्र होइन, पैदलयात्रुलाई हिड्न समेत बाधा पुगेको छ । ‘पश्चिम जाने बसस्टेण्डलाई ब्यवस्थित गर्ने भनिएको ६ महिना हुन लाग्यो । अहिले सम्म समस्या जस्ताको त्यस्तै छ,’यातायात मजदुर रामबाबु चौधरीले भने,‘सडकमै बसेर टिकट बुकिङ गर्नु परेको छ । बस रोक्ने ठाउँ समेत छैन । यात्रुलाई पनि त्यस्तै कष्ट छ ।’ पूर्व जाने बस रोक्ने स्टेण्डको हालत उस्तै छ । नगरपालीकाले यस्ता समस्यालाई तत्काल समाधान गर्न सकेको छैन । यसले स्थानियमा आक्रोस बढाएको छ ।


नगरपालीकाले ब्यवस्थित पार्किङको ब्यवस्थापन गर्न नसक्दा समस्या भएको हो । पछिल्लो समय चन्द्रनिगाहपुर क्षेत्रमा बढ्दो जनघनत्व सगै ट्राफिक जाम समेत वृद्धि भएको छ । त्यसमाथि सडक किनारामा गरिने पार्किङले थप समस्या निम्त्याएको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सडक अतिक्रमण हटाउन गएको महिना १५ दिने सुचना जारी गरेको थियो । पूर्व पश्चिम र गौर राजमार्गको दुबै क्षेत्रको अतिक्रमण हटाउने बताए पनि सडकले अहिले सम्म कुनै सुरसार गरेको छैन ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?