कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्री राउतद्वारा संघीय सरकारको निर्णयलाई स्वागत

सन्तोष सिंह

जनकपुर — प्रदेश प्रहरी ऐन ल्याएपछि संघीय सरकारबाट असहयोग भएको भन्दै आलोचना गर्दै आएका मुख्यमन्त्री लालबाबु राउतले आइतबार संघीय सरकारलाई धन्यवाद दिएका छन् । प्रदेश प्रहरी ऐन कार्यान्वयनका लागि देखाएको लचकताको स्वागत गर्दै राउतले संघीय सरकारलाई धन्यवाद दिएका हुन् ।

मुख्यमन्त्री राउतद्वारा संघीय सरकारको निर्णयलाई स्वागत

प्रदेश प्रहरी कार्यालय प्रदेश नं २ ले आयोजना गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रममा राउतले प्रदेश सरकारले प्रदेशभित्रको अपराध नियन्त्रण गर्ने बताए ।


'संघीय सरकारसँग सहकार्य गरी प्रदेश सरकारले अपराध न्यूनिकरणा गर्नेछ' मुख्यमन्त्री राउतले भने,'प्रदेश प्रहरी ऐन कार्यान्वयन गराउन संघीय सरकारले ल्याउन लागेको विधेयकलाई स्वागत गर्न चाहन्छु ।'


कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले समय र परिवेश अनुसार सुरक्षा चुनौति बढ्दै जाँदा प्रदेश सरकार समय अनुकुल सुरक्षा नीति बनाएर प्रदेश सरकार अगाडि बढेको बताए ।


समाजिक विकासमन्त्री नवल किशोर साहले महिला हिंसा न्युनिकरण उपयोगी एप 'हेलो सीएम'ले महिला हिंसा न्यूनिकरण हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : कार्तिक ११, २०७५ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?