कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकार कुटपिटको महासंघद्वारा भर्त्सना

अवधेशकुमार झा

काठमाडौं — रुकुम पश्चिममा पत्रकार लोकेन्द्र खनाललाई नेकपाका कार्यकताले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको घटनापप्रति नेपाल पत्रकार महासंघले भत्सर्ना गरेको छ ।

पत्रकार कुटपिटको महासंघद्वारा भर्त्सना

कात्तिक २३ मा रुकुम पश्चिमको बाफियाकोट–६ मग्मामा कार्यक्रममा जाँदै गरेका बेला नागरिक दैनिकका संवाददाता खनालमाथि सांघातिक आक्रमण भएको थियो ।

महासंघले शनिबार विज्ञप्ति जारी गरी सत्तारूढ दलका कार्यकर्ताबाट भएको आक्रमणलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको संज्ञा दिएको छ ।

महासंघले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग माग गरेको छ ।


त्यस्तै महासंघले समाचार लेखेको विषयमा अमेरिकामा रहेका नेपाली पत्रकार लोकमणि राईलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका सहयोगीले कुटपिट गरेको घटनाको समेत भत्र्सना गरेको छ ।


अमेरिकामा रहेका नेपाली पत्रकारमाथि नेपालकै जिम्मेवार मुख्यमन्त्रीका सहयोगीबाट कुटपिट हुनु आफैंमा खेदजनक भएको टिप्पणीसमेत महासंघले गरेको छ ।


प्रकाशित : कार्तिक २४, २०७५ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?