कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूससहित हवल्दार पक्राउ 

पवन यादव

सिमरा — अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौंडाको टोलीले शुक्रबार घूससहित प्रहरी हवल्दारलाई पक्राउ गरेको छ ।

घूससहित हवल्दार पक्राउ 

अवैध कारोबारीसँग एकलाख घूसलिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत हवल्दार ३० वर्षीय सुदामा हजरालाई कलैया उपमहानगरपालिका १ देवकीलाल धर्मशालाबाट पक्राउ गरिएको हो । उनले भारतबाट अवैध रुपले भित्रिने गुटखा, पान मसाला लगायतको अवैध कारोबार गर्न सहजीकरण गरिदिने आस्वासनमा घूस लिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेका हजरालाई हेटौंडा लगेर थप अनुसन्धान गरिने र आइतबार केन्द्रीय कार्यालयमा पठाइने बताइएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?