कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

माटोमा खटिए विद्यार्थी

जेटीए अध्ययनरत विद्यार्थी फिल्डमा खटिएका हुन्
शिव पुरी

रौतहट — चन्द्रपुर ९ चेतनगर गाउँ नजिक धान काटिएको किसानको खेतको माटो निकाल्दै गरेको अवस्थामा शनिबार एक हुल विद्यार्थी भेटिए ।

माटोमा खटिए विद्यार्थी

उनीहरू विभिन्न औजारले खेतको चारै कुनाबाट माटोको गुणस्तर जाँचका लागि नमुना संकलनमा व्यस्त देखिन्थे । जुनियर टेक्निसियन एसिसनेन्ट (जेटीए) अध्ययनरत विद्यार्थी फिल्डमा खटिएका हुन् ।


चेतनगरस्थित जनजागृति माविका १५ विद्यार्थी माटो नमुना संकलनमा खटिएका हुन् । उनीहरू किसानको खेतको माटोको अवस्था पत्ता लगाउन नमुना संकलनमा खटिएका थिए ।


त्यसका लागि ३ वटा समूह विभाजन गरिएको थियो । माटोको पीएच अम्लियपन र क्षारियपन जाँचका लागि नमुना संकलन गरिएको विद्यालयका कार्यक्रम संयोजक राकेश गिरीले बताए । ‘उर्वर माटोको पोटास, फस्फोरसको अवस्था पत्ता लगाउन माटो संकलन गरिएको हो’, उनले भने, ‘यस वर्ष ५० किसानलाई लक्षित गरी उनीहरूको खेतको माटोको नमुना संकलन गरेका छाैं।’ गिरीका अनुसार केही दिनपछि चेतनगरमै माटो परीक्षणका लागि शिविर सञ्चालन गर्ने छौं ।


विद्यालयमा अहिले ३४ विद्यार्थीहरू जेटीए कोर्षका लागि भर्ना भएका छन् । उनीहरू १२ महिना अध्ययन गर्छन् र सिकाइका लागि ६ महिना ‘अन द जप’ ट्रेनिङ (ओजेटी) का लागि बाहिर खट्छन । यो १८ महिनाको कोर्ष भएको संयोजक गिरीले जनाए ।


जिल्लामा चेतनगर बाहेक जेटीए कक्षा सञ्चालन भएको विद्यालय कतै छैन । त्यसैले यसप्रति आकर्षण बढ्दो छ । केही समययता जिल्लामा प्राविधिक शिक्षा प्रतिविद्यार्थीको आकर्षण बढ्दो छ ।


विद्यालयमा भर्खरै मात्र भर्ना भएकी सिर्जना मिल्सिनाले जसरी भए पनि जेटीए बनेरै छाड्ने बताइन् । ‘खेतमा माटो संकलन कार्य सकेर च्याउ लगायतको परीक्षणका लागि अर्को चरणमा खट्छाैं,’ उनले भनिन्, ‘पछिल्लो समय जिल्लामा जेटीए अध्ययन गर्नेको संख्या बढेको छ ।’ विद्यालयमा भर्ना भएकाहरूमध्ये अधिकांश युवती छन् ।


यो जिल्ला कृषिको उर्वर भूमिका रूपमा चिनिन्छ । कृषि ज्ञान क्षेत्रका बाली संरक्षण अधिकृत मोहन महतोले जिल्लामा खेती योग्य जमिनको क्षेत्रफल २९ हजार हेक्टर रहेको जनाए । ‘यो जिल्ला कृषिका लागि उर्बर हो,’ उनले भने, ‘यहाँको माटो खेतीका लागि राम्रो छ । तर पनि बेलाबेलामा माटो परीक्षण गराउनुपर्छ ।’


अघिल्लो वर्ष जिल्लामा ३.३ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो । विद्यार्थीहरूले संकलन गरिएको माटोलाई ल्यावमा लगेर परीक्षण गराइन्छ । प्राविधिकका अलवा किसानले पनि आफ्नो जमिनबाट विभिन्न औजारको प्रयोग गरी माटो परीक्षणका लागि संकलन गर्ने विधि शिविरमा सिकाउने तयारीमा विद्यार्थीहरू जुटेका छन् । यसले निकट भविष्यमा खेतीयोग्य जमिनमा बाली उब्जनीको अवस्था पत्ता लगाउन सजिलो हुने प्राविधिकहरू बताउँछन् ।

प्रकाशित : मंसिर २, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?