कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अग्निपीडितलाई राहत

राजविराज — सप्तरीको तिलाठी कोइलाडी गाउँँपालिकामा शुत्रबार साँझ भएको आगलागी पीडितहरूलाई शनिबार गाउँपालिका र विभिन्न संघसंस्थाले राहत वितरण गरेको छ ।

अग्निपीडितलाई राहत

अग्निपीडितहरूलाई गाउँपालिकाका तर्फबाट प्रतिपरिवार एक थान कम्बल,३ वटा झुल, पाँच किलो मुरही वितरण गरियो ।


यसैगरी कोसीपीडित समाजका तर्फबाट प्रतिपरिवार एक वटा त्रिपाल र बाल्टिन तथा जग वितरण गरियो । ती राहत सामग्री तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, उपाध्यक्ष सुचिताकुमारी यादव, वडाध्यक्षहरू गुलावप्रसाद सिंह र गोविन्द यादव र तथा विपद व्यवस्थापन अधिकृत राजेशकुमार झाले वितरण गरे ।


यसैगरी सोही अवसरमा धर्मी हल्फा महिला विकास क्लवका तर्फबाट अध्यक्ष इन्जिनयर सूर्यनारायण यादवले पनि अग्निपीडितहरूलाई राहत हस्तान्तरण गरे । उनले कराही, डेक्ची, डाडुपन्यु, त्रिपाल, वेडसिट, झुल, साडी र धोती लगायतका सामग्री हस्तान्तरण गरे ।


सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ स्थित वभनगामामा शुक्रबार साँझ आगलागी हुँदा ७ परिवारका १३ वटा घर जलेर नष्ट भएको थियो । आगलागीबाट ४० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीमा एउटा बाछी,एउटा बाख्रा र एउटा खसीको समेत जलेर मृत्यु भएको छ ।


तिलाठी कोइलाडी ७ का विन्देश्वर साफीको घरबाट अचानक सल्केको आगोले उनको तीनवटा घर सहित छिमेकीहरू सिकी साफीे, प्रसाद साफी, प्रयाग साफी र हनुमानी रजकको दुई–दुईवटा घर जलेर नष्ट भएको छ ।


यस्तै मजे साफी र छोटे साफीको एक–एकवटा घर जलेर नष्ट भएको थियो । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।


आगलागीमा विन्देश्वर यादवको घरमा रहेको एक लाखसमेत जलेर नष्ट भएको छ । वैदेशिक रोजगारीमा रहेका छोराले केही दिनअघि घर बनाउन उक्त पैसा पठाएका थिए ।

प्रकाशित : पुस १, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?