२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

मधेश प्रदेशसभामा जनमत र एमाले सांसदबीच चर्काचर्की

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशसभामा जनमत र एमालेका सांसदहरूबीच चर्काचर्की भएको छ । प्रदेश सांसद चन्दन सिंहले मन्त्री र जनमत पार्टीका सांसदमाथि राजविराजमा हमला भएको विषयमा सरकारले जवाफ दिनुपर्ने माग गर्दै प्रदेशसभा अवरुद्ध गरेपछि एमालेका प्रदेश सांसद दीपेन्द्र ठाकुरले व्यक्तिगत विवादमा संसद् अवरुद्ध गर्न नमिल्ने धारण राखेपछि प्रदेशसभामा चर्काचर्की भएको हो ।

मधेश प्रदेशसभामा जनमत र एमाले सांसदबीच चर्काचर्की

मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिन मंगलबार २ बजे सुरु भएको प्रदेशसभाको बैठकमा जनमत पार्टीका प्रवक्ता एवं प्रदेश सांसद चन्दन सिंह मुख्यमन्त्रीले हमलाको विषयमा सरकारले जवाफ नदिए सम्म बैठक चल्न नदिने अडान राखेका छन् ।

जनमतका सांसदहरूले प्रदेशसभा चल्न नदिने अडान लिएपछि एमालेका प्रदेश सांसद ठाकुरले मन्त्रीमाथि भएको कुटाकुट भएको घटनामा व्यक्तिगत रूपमा आफूलाई दु:ख लागे पनि संसद् अवरुद्ध गर्न नमिल्ने बताए ।

सांसद ठाकुरले व्यक्ति घटनाको अधारमा संसद् अवरुद्ध गर्न नमिल्ने अडान राखेपछि जनमत र काग्रेसका सांसदहरूले प्रदेशसभामा सरकारविरुद्ध संसद्‍मा नाराबाजी गरेका थिए । एमाले र जनमतका सांसदहरूबीच चर्काचर्की भएर अवस्था असहज भएपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरे पनि अझै सुरु हुन सकेको छैन ।

प्रकाशित : वैशाख ४, २०८१ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?