कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफूखुसी घर बनाउँदै भूकम्पपीडित

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — जुगल गाउँपालिका हगामकी सेलुङ तामाङ आफ्नै तरिकाबाट घर बनाउन कस्सिएकी छन् । नक्साभन्दा फरक भएपछि सरकारी अनुदानको आस मारेकी उनले पहिलो किस्ता रकममा ऋण थपेर निर्माण आफूखुसी गरेकी हुन् ।

आफूखुसी घर बनाउँदै भूकम्पपीडित

‘नक्साअनुसार फरक भएपछि दोस्रो किस्ता नपाइने रहेछ, थाहा भएन,’ उनले भनिन्, ‘ऋणमा सुरु गरेको घर अलमल गर्ने कुरा आएन, आफ्नै सुरमा बनाउँदै छु ।’ ३ लाख ऋण लिएर आवास बनाउन खटेकी सेलुङलाई सरकारी अनुदानको लोभ नभएको भने होइन । ‘झयालसम्म बनाएपछि पो नक्सानुसार नमिलेको थाहा पाइयो, तर भूकम्पप्रतिरोधी बनाइएकाले ढुक्क छु,’ उनले भनिन् ।

आवास निर्माणसम्बन्धी सही सूचना नपाउँदा समस्या भोगिरहेका भूकम्पपीडित गाउँपिच्छै भेटिन्छन् । भूकम्पपीडितले सरकारी नक्साअनुसार घर निर्माण नगर्दा पूरा किस्ता पाउन सकेका छैनन् । नक्सापास नगरी निर्माण थाल्दा अधिकाशंको दोस्रो र तेस्रो किस्ता अड्किएको छ । ‘परिवार ठूलो छ, नक्साअनुसारका घर बनाउँदा सानो हुन्छ भन्दै गुनासो गर्छन्,’ सहरी विकास तथा भवन डिभिजन कार्यालयका सूचना अधिकारी टंक गौतमले भने, ‘प्राविधिक हिसाबले ठीक भएन भन्दाभन्दै निर्माण गरिरहेका छन् ।’


पर्याप्त प्राविधिक जनशक्ति नहुँदा र खटिएकाले पनि काम नगर्दा समस्या भएको हो । हाल २ सय ६८ को दरबन्दीमा २ सय ५४ जना मात्रै कार्यरत छन् । तीमध्ये सबै प्राविधिक गाउँ नपुगेकाले मापदण्डलगायत विषयमा समस्या भएको हो । धेरैजसो इन्जिनियरले जागिर छाडेकाले प्राविधिक अनुगमनमा समस्या भएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?