कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ किलो चरेससहित दुई पक्राउ

हरिहरसिंह राठौर

धादिङ — गल्छी–६ सुत्केरीढुंगाबाट प्रहरीले ४ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ ।

४ किलो चरेससहित दुई पक्राउ

म‌ंगलबार बोरामा प्याक गरी बोकेर हिँडिरहेका बेला प्रहरीले खानतलास गर्दा ४ किलो चरेससहित गजुरी–८ पुरानो गाँउका ४५ वर्षीय रामबहादुर तामाङ र मकवानपुर जिल्ला कैलाश–१ का ३५ वर्षीय वीरबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

बैरेनी प्रहरी चौकीका प्रमुख सई मोहन थापाको गस्ती टोलीलाई देखेपछि उनीहरुले बोरा फ्याँकेर भाग्न खोजेका थिए । धादिङ प्रहरीले ३ महिनायता राजमार्गबाटै २ सय २२ किलो चरेससहित ओसारपसारमा संलग्नलाई पक्राउ गरेको छ ।


प्रकाशित : फाल्गुन ९, २०७४ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?