कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिरासतबाट भागेको ६ वर्षपछि पक्राउ

प्रताप विष्ट

हेटौडा — ६ वर्षअघि प्रहरी हिरासतबाट फरार भएका एक थुनुवालाई प्रहरीले काठमाडाै‌ंको गोंगबुमा पक्राउ गरेर बुधबार हेटौंडा ल्याएको छ  । 

जिल्ला प्रहरी कार्यालय हेटौडाको प्रहरी हिरासतवाट २०६८ माघ ५ गते फरार भएका काठमाडौं गोंगबुका २७ वर्षीय मिलन पाण्डेलाई प्रहरीले मंगलबार काठमाडौंमा पक्राउ गरेको थियो ।


थप अनुसन्धानसहित मुद्दा चलाउनका लागि बुधबार जिल्ला प्रहरी कार्यालय हेटौंडामा पाण्डेलाई ल्याएको प्रहरी नायव उपरीक्षक दीलिपराज झाले बताए । प्रहरी हिरासत कक्षबाट भेन्टिलेसनको रड काटेर हिरासतमा रहेका पाण्डे सहित सात जना थुनुवा फरार भएका थिए ।


पाण्डेलाई हेटौंडास्थित रातामोटे चेकपोष्टका प्रहरीले २०६८ कार्तिक १९ गते फेनार्गन १ सय ४० एम्पुल, डाइजेपाम १ सय ४० एम्पुल र नोर्फिन १ सय ४० एम्पुलगरी ४ सय २० एम्पुल लागू औषधसहित पक्राउ गरेको थियो । पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको अवस्थामा पाण्डेसहित सात जना भेन्टिलेसनको रड काटेर फरार भएका थिए ।


फरार भएकामध्ये २ वर्षअघि अर्जुन साहलाई प्रहरीले पुन:पक्राउ गरेको थियो । ५ जना अझै फरार भएका छन । फरार हुनेहरुमा चितवनका चन्द्रशेखर गुप्ता र सन्तोष शर्मा, भारतका वुल महमद र नेक महमद छन् । फरार भएका पाँचै जना लागूऔषध मुद्दाका थुनुवा हुन् ।

फरार पाँच जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक विकासराज खनालले वताए ।

प्रकाशित : फाल्गुन २३, २०७४ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?