कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते 

हरिहरसिंह राठौर

धादिङ — चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा सोमबार राति कार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ  । तीन जना घाइते छन् ।

कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा १२ च ४६१५ नम्बरको कार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु खण्डको चुम्लिङटारस्थित सडक किनारामा राति ३ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा कारमा सवार धादिङ थाँक्रेका २४ वर्षीय सरोज सुवेदीको मृत्यु भएको हो । गम्भीर घाइते भएका सुवेदीको भरतपुरमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार चालक धादिङ जुंगेखोलाका २४ वर्षीय अनुप सिंह, बेनीघाटका २१ वर्षीय महेश श्रेष्ठ र धुनिबेँसीका २४ वर्षीय शरद रोक्का घाइते छन् । रोक्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तीनै जनाको भरतपुरमा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?