मन्थली नगरपालिका खुला दिसामुक्त

कान्तिपुर संवाददाता

रामेछाप — रामेछापको मन्थली नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । मन्थली नगरपालिकाद्वारा बुधबार मन्थलीमा आयोजित कार्यक्रममा प्रदेश सांसद शान्तिप्रसाद पौडेलले नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गरेका हुन् ।

नगरका ९ हजार ४ सय ४३ घरपरिवारमा शौचालय बनाइएको छ ।

Yamaha


नगरवासीहरु सार्वजनिक स्थानमा दिसापिसाब गर्नुपर्ने अवस्थाबाट सधैंका लागि मुक्त भएकोमा सांसद पौडेलले बधाइ समेत दिए । उनले शौचालय निर्माण मात्र हैन, प्रयोग गर्नुपर्नेमा जोड दिए ।

मन्थली नगरपालिका मेयर रमेश बस्नेतले सुन्दर नगर बनाउन नगरपालिकासहित सरोकारवाला निकाय र नगरवासीको हालेमालो चाहिने बताए । नगरका विकासका कार्य गर्दा आलोचना र अपमानभन्दा पनि सहकार्य र समन्वय आवश्यक रहेको बस्नेतको भनाइ थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी दिलीपकुमार लामिछानेलगायतले खुला दिसामुक्त घोषणाले मन्थली नगरका बासिन्दाको स्वास्थ्यमा सुधार आउने आशा व्यक्त गरे ।

Esewa Pasal

प्रकाशित : फाल्गुन ३०, २०७४ १६:२०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गृह प्रवक्तामा सुवेदी

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । यसअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका सुवेदीले गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको रुपमा बुधबारदेखि जिम्मेवारी सम्हालेका हुन् ।


यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा भएका छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १५:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT