कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी पुरस्कृत

दोलखा — हाम्रो रेडियो सामुदायिक एफएमले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा कान्तिपुरकर्मी रोजेन्द्र मानन्धरलाई पुरस्कृत गरेको छ । 

कान्तिपुरकर्मी पुरस्कृत

नारी सशक्तिकरण विधामा कलम चलाएर उल्लेख्य योगदान पुर्‍याएको घोषणा गर्दै कान्तिपुरका उपसम्पादक मानन्धरलाई भेषकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । समाजसेवी सावित्री खड्काले स्वर्गीय आमा भेषकुमारी खड्काको स्मृतिमा स्थापना गरेकी पुरस्कारको राशी ५ हजार रुपैयाँको छ ।


सोही कार्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य खिलबहादुर भण्डारीलाई सहिद धर्म बस्नेत स्मृति जनपक्षीय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।


वार्षिकोत्सवको अवसरमा हाम्रो रेडियो ललितादेवी स्मृति पत्रकारिता पुरस्कारबाट हाम्रो रडियोकी समाचार बाचिका एवम् कार्यक्रम प्रस्तोताद्वय सिर्जना गोले र दुर्गा बस्नेत पुरस्कृत भएका छन् । दुवैजनालाई जनही नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।


कार्यक्रममा दोलखामा पहिलो पटक व्यवसायिक किवि खेति विस्तार गर्ने आमा किवि फलफुल नर्सरी उद्योगका सञ्चालक श्यामबहादुर खड्कालाई पनि हाम्रो रेडियो विशेष सम्मान प्रदान गरिएको छ ।


बार्षिकोत्सवमा पत्रकार र उद्यमीलाई सम्मान गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मोफसलका सञ्चारउद्यम र पत्रकारहरु अझै राज्यको हेलामा परेको बताए ।


प्रकाशित : चैत्र ३, २०७४ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?