कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

नीलकण्ठ नगरपालिकाले बनायो मोवाइल एप

धादिङ — नगरलाई स्मार्ट सिटिका रुपमा विकास गर्ने अवधारणा अनुरुप अघि बढेको सदरमुकाम स्थित नीलकण्ठ नगरपालिकाले आईतवार मोवाईल एप सार्वजनिक गरेको छ ।

नीलकण्ठ नगरपालिकाले बनायो मोवाइल एप

नगरपालिकाले नियमित प्रदान गरेका सेवा प्रवाहलाई प्रविधि मैत्री बनाई सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न मोवाइल एप सार्वजनिक गरेको नगरपालिकाले जनाएको छ ।


एपमार्फत नगरले दिने सेवा तथा त्यसका लागि आवश्यक कागजात र प्रक्रिया, जिम्मेवार ब्यक्ति लगायतका जानकारीहरु मोवाईलबाटै लिन सकिने भएको हो । खुला र पारदर्शी सरकारको अवधारणा अनुरुप सम्पूर्ण सेवा समेटिएको ‘मेरो नीलकण्ठ मेरो बोबाइल’ नामक एप निर्माणपश्चात् सार्वजनिक गरिएको नगरप्रमुख भिम ढुंगानाले बताए ।


एप सार्वजनिक भएसंगै नगरका सबै वडाका बासिन्दाले नगरले प्रदान गर्ने सेवा सुविधा, छनौटमा परेका योजना, विनियोजित रकम र तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयनका अवस्थाबारे घरैमा बसेर बुझ्न सक्ने ढुंगानाले बताए । उनले भने, ‘कुनैपनि योजनाको कार्यन्वयनको अवस्था के कस्तो छ ? भनेर पनि मोवाइलबाटै बुझ्न सकिन्छ भने उक्त योजनासंग सम्वन्धीत गुनासा र उजुरी पनि एपमार्फत् गर्न सकिन्छ ।’


एपमा नगरका सबै वडाको विभाजित नक्सा, प्राकृतिक, भौगोलिक, साँस्कृतिक तथा सामाजिक अवस्था समेत उल्लेख छ । एपमा दैनिक अपडेट गरिने ब्यवस्था मिलाइएको प्रमुख ढुंङगानाले बताए ।


युएसएआइडीको सहयोगमा काठमाडौ लिभिङ ल्याबले नगरपालिकासंगको सहकार्यमा निर्माण गरेको एपको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपालियाले आईतवार एक कार्यक्रमका बीच आरम्भ गरेका हुन् । ‘स्थानीय सरकार प्रविधिमैत्री हुन सकेन भने भावी कार्ययोजना बनाउदा समेत समस्या पर्छ ।’ थपलियाले भने, ‘नगरपालिकाको कार्यलयबाट मात्रै नभइ हरेक वडाहरुले पनि एपमार्फत् प्राप्त निवेदन उपर कारवाही हुनेगरि तयारी गर्नुपर्छ ।’

प्रकाशित : वैशाख ३, २०७५ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?