कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८ महिनामा ११४ योजना

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले दोस्रो चौमासिक अवधिमा ११४ योजना सम्पन्न गरेको छ । हालसम्म सम्पन्न भएका योजनामध्ये १२९ स्थानमा सडक ढलान गरिएको उपमहानगरका मेयर हरिबहादुर महतले बताए ।

८ महिनामा ११४ योजना

‘नगरपालिकाभित्र साढे ३ किलोमिटर सडक ढलान गरिएको छ,’ उनले भने । उपमहानगरले जनसहभागिताको आधार सडक ढलान कार्य अगाडि बढाएको छ । हेटौंडा उपमहानगरपालिकाका चालू आवमा ३७० योजना छन् । तीमध्ये २५६ सञ्चालित छन् भने ११४ सम्पन्न भइसकेका छन् ।

चालू आवका योजना सम्पन्न गर्न उपमहानगरले २५ करोड २४ लाख रुपैयाँ रकम विनियोजित गरेको छ । प्रमुख प्रशासकीय कृष्णराज पाण्डेका अनुसार चालू आवको फागुनसम्म आन्तरिक आयतर्फ ७३ प्रतिशत रकम संकलन भएको र बाह्य आयतर्फ साढे ६१ प्रतिशत रकम संकलन भएको छ । आन्तरिक आयतर्फको अनुमान १७ करोड ७० लाख रुपैयाँ गरिएको थियो भने १२ करोड ४४ लाख रुपैयाँ संकलन भएको जानकारी गराइएको थियो । बाह्य आयतर्फ ११ करोड ३२ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा ६ करोड ९६ लाख रुपैयाँ संकलन भएको छ । मेयर महतले दक्ष कर्मचारी अभावले कामलाई अझै तीव्रता दिन नसकिएको बताए । साविकको हेटांैडा नगरपालिकाका ११ वडाको विकाससरह उपमहानगरपालिका घोषणा गर्दा समेटिएका ५ वटा गाविसका क्षेत्रहरूलाई पुर्‍याउनु अहिलेको मुख्य चुनौती रहेको छ उनले बताए ।

प्रकाशित : वैशाख ८, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?