महिलामाथि एसिड खन्याएकाे अाराेपमा सई पक्राउ

रमेशकुमार पौडेल

चितवन — भरतपुरमा महिलामाथि एसिड खन्याएकाे अाराेपमा एक प्रहरी पक्राउ परेका छन् । आइतबार साँझ भरतपुर महानगरपालिका–१० त्रिचोकमा एक महिलामाथि एसिड खन्याएको आरोपमा प्रहरी नायब निरीक्षक (सई) रामचन्द्र खनियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महिलामाथि एसिड खन्याएकाे अाराेपमा सई पक्राउ

खनियाँ रत्ननगरमा कार्यरत ट्राफिक प्रहरी नायब निरीक्षक भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए ।


डिएसपी ढकालका अनुसार सई खनियाँ र ती महिला त्रिचोकमै बस्दै आएका थिए ।


एसिडले महिलाको गाला, शरिर र खुट्टामा घाउ भएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको डिएसपी ढकालले बताए ।

प्रकाशित : वैशाख १०, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?