कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसिड आक्रमणमा परेकी महिलालाई गृहमन्त्रीले भेटे

रमेशकुमार पौडेल

चितवन — प्रहरीले खन्याएको एसिडका कारण घाइते भएकी महिलालाई गृहमन्त्री रामबहादुर थापाले भेटेका छन् । भरतपुर अस्पतालमा उपचार गराइ रहेकी २८ वर्षीया कल्पना श्रेष्ठलाई  गृहमन्त्री  थापाले भेटेका हुन् । 

एसिड आक्रमणमा परेकी महिलालाई गृहमन्त्रीले भेटे

गोरखा घर भइ भरतपुरमा डेरा गरी बस्ने श्रेष्ठमाथि आइतबार दिउँसो भरतपुर त्रिचोकमा प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाले एसिड खन्याएका थिए ।


खनिया विरुद्ध पिडितका श्रीमान किसान श्रेष्ठले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउन चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । खनिया आइतबार नै समातिएका थिए ।


चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालका अनुसार भरतपुर बाइपास रोडको मालपोत चोक नजिक घर भएका खनिया विपद व्यवस्थापन कार्यादल प्रथम चिकित्सा समूह हेटौंडामा दरबन्दी भए पनि रत्ननगरको अस्थायी ट्राफिक पोष्टमा कार्यरत रहेका थिए ।


गृहमन्त्री थापाले घटनाका दोषीलाई कडा कारवाही हुने बताए । एसिड परेका कारण महिलाको अनुहार, शरिरको अगाडीको भाग, हात र खुट्टामा घाउ भएको छ ।


उनको अवस्था मध्यम खालको रहेको चिकित्सकहरुले गृहमन्त्री रामबहादुर थापालाई बताएका थिए । आन्तरिक विवादका कारण सो घटना भएको प्ररारम्भिक अनुसन्धानले देखाएको चितवन प्रहरीको भनाइ छ ।

प्रकाशित : वैशाख १०, २०७५ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?