कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ सय ५० लिटर घरेलु मदिरा नष्ट

रमेशकुमार पौडेल

चितवन — वडा प्रहरी कार्यालय नारायणगढले ९५० लिटर घरेलु मदिरा बरामद गरेर बुधबार नष्ट गरेको छ । भरतपुर महानगरपालिकाका ३, ४, १० र ११ नम्बर वडाहरुका ३१ घरमा छापा मारेर उक्त परिमाणको घरेलु मदिरा बरामदपछि नष्ट गरिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवकुमार शाहले जानकारी दिए ।

९ सय ५० लिटर घरेलु मदिरा नष्ट

मदिरा नष्ट अभियानका लागि ४६ जना प्रहरी आइतबारदेखि तीन दिनसम्म टोल टोलमा खटेका थिए । ‘भरतपुरको बाह्रघरे, आँपटारी भोजाडलगायतका क्षेत्रबाट मदिराहरु बरामद भएको हो’ प्रहरी निरीक्षक शाहले भने ।


बजारमा बेच्ने गरेर घर घरमा मदिरा उत्पादन गर्न पाइँदैन । बरामद मदिरा अखाद्य वस्तु प्रयोग गरेर बनाएको भेटिएको प्रहरी निरीक्षक शाहले बताए । मदिरा बनाउने भनेर कच्चा पदार्थका रुपमा राखिएका १८ हजार लिटरबराबरका विभिन्न सामाग्री पनि बरामद गरेर नष्ट गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ ९, २०७५ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?