कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इँटा उद्योगमा विष्फोट

धादिङ — धुनीवेशी नगरपालिका–३ स्थित जीवनपुर इँटा उद्योगमा बम विष्फोट भएको छ । अपरिचित समूहले मंगलबार राति विस्फोट गराएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

इँटा उद्योगमा विष्फोट

विस्फोटका कारण उद्योगका चिम्नी, जेनेरेटर, ढुवानी साधनहरुमा क्षति पुगेको छ । करिब ६ लाखबराबरको नोक्सानी भएको उद्योगले जनाएको छ ।


विस्फोट गराउने व्यक्ति वा समूहको पहिचान भइनसकेको प्रहरी निरीक्षक जीवन निरौलाले बताए ।


मजदुरहरू बिदा बसेको मौकामा छोपी विस्फोट गराइएको थियो । उक्त उद्योगमा ६ सय मजदुर काम गर्छन् ।


घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?