कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ लाख निरक्षर

हेटौंडा — प्रदेश ३ का १३ जिल्लामा करिब ११ लाख निरक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको प्रारम्भिक पाश्र्वचित्रमा १० लाख ९३ हजार ८ सय ५३ जना निरक्षर रहेको उल्लेख गरिएको हो । तीमध्ये महिला बढी निरक्षर छन् ।

११ लाख निरक्षर

७ लाख ३२ हजार ३ सय ५६ जना महिला निरक्षर रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी ३ लाख ६१ हजार ४ सय ९७ पुरुष निरक्षर छन् ।

५ वर्षभन्दा माथिका जनसंख्यामा ७१ प्रतिशत साक्षर छन् । तथ्याङमा महिला ६४ प्रतिशत र पुरुष ७९ प्रतिशत साक्षर रहेको पाइएको छ । त्यसैगरी ९३ हजार ४४ जनाले पढ्न मात्र जान्दछन् । जसमा ४८ हजार ९ सय ३९ महिला र ४४ हजार १ सय ५ पुरुष छन् । २९ लाख ४० हजार ९ सय ९४ जना लेख्न र पढ्न सक्ने जनसंख्या रहेको छ । प्रदेश ३ मा ०६८ को जनगणनाअनुसार ४१ लाख २९ हजार ६ सय ५५ जना ५ वर्षभन्दा बढि उमेर समूहका छन् । जसमा २१ लाख ६९ हजार ४ सय १८ महिला र १९ लाख ९६ हजार २ सय ३७ पुरुष छन् ।

यसैगरी, १ लाख ३२ हजार १ सय ४५ जनाले प्रारम्भिक शिक्षा लिएका छन् । जसमध्ये ६१ हजार ५ सय ३९ महिला र ७० हजार ६ सय ६ पुरुष छन् । यस्तै, ११ लाख ९१ हजार ७ सय ५ जनाले प्राथमिक तहको शिक्षा लिएका छन् । ६ लाख ९३ हजार १ सय १० जनाले निम्न माध्यमिक तह र ४ लाख ३२ हजार ७ सय ९६ जनाले माध्यमिक तह उत्तीर्ण गरेको तथ्यांकले देखाएको छ ।

०६८ को जनगणनाअनुसार ३ नम्बर प्रदेशमा ४ लाख ७८ हजार ४ सय ८९ जनाले एसएलसी पास गरेका छन् । पास गर्नेमा २ लाख ९ हजार ८ जना महिला र २ लाख ६९ हजार ४ सय ४१ पुरुष छन् । त्यस्तै प्रवीणता प्रमाणपत्र तह ४ लाख ११ हजार ९ सय ४९ ले पास गरेका छन् । जसमा १ लाख ८४ हजार ५२ महिला र २ लाख २७ हजार ८ सय ९७ पुरुष छन् । स्नातक तह वा सोसरह पास गर्नेको संख्या भने प्रवीणता प्रमाणपत्र तह पास गर्नेको भन्दा झन्डै आधा छ । यस तहमा २ लाख २२ हजार २ सय ८१ जना मात्र उत्तीर्ण भएका छन् । पास गर्नेमा ८३ हजार ८ सय ३२ महिला छन् भने १ लाख ३८ हजार ४ सय ४९ जना पुरुष छन् । प्रदेशमा ९३ हजार ३ सय ४१ जनाले मात्र स्नातकोत्तर तह उत्तीर्ण गरेको तथ्यांकले देखाएको छ । जसमा २७ हजार २ सय ८३ महिला छन् भने ६६ हजार ५८ पुरुष छन् ।

प्रदेशमा १ लाख ९३ हजार १ सय ७२ जनाले अनौपचारिक शिक्षा लिएका छन् । अनौपचारिक शिक्षा लिनेमा महिला बढी देखिएका छन् । १ लाख १ हजार ३ सय ६५ जना महिलाले अनौपचारिक शिक्षा लिएका छन् भने ९१ हजार ८ सय ७ जना मात्र पुरुषले अनौपचारिक शिक्षा लिएका हुन् ।

०६८ को राष्ट्रिय जनगणनाअनुसार प्रदेश ३ मा ५५ लाख २९ हजार ४ सय ५२ जनसंख्या छ । जसअनुसार २७ लाख ८१ हजार ८ सय १९ महिला र २७ लाख ४७ हजार ६ सय ३२ पुरुष छन् ।

प्रकाशित : जेष्ठ १७, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?