कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी मानन्धर पुरस्कृत

दोलखा — नेपाल पत्रकार महासंघ दोलखा शाखाले स्थापना गरेको विकास पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका उपसम्पादक राजेन्द्र मानन्धरलाई प्रदान गरिएको छ ।

कान्तिपुरकर्मी मानन्धर पुरस्कृत

दोलखाको विकासमा पत्रकारिताको माध्यमबाट टेवा पुर्‍याएवापत १० हजार नगद राशीको उक्त पुरस्कार शनिबार आयोजित कार्यक्रममा प्रदान गरिएको हो ।


समाजसेवी माधवमणि राजभण्डारीले स्थापना गरेको १० हजार राशीको स्वर्गीय इन्द्रमणि पत्रकारिता पुरस्कार गोरखापत्रका बाबुराम शर्मा र महिला खवर अनलाइनकी शर्मीला बुढाथोकीलाई प्रदान गरिएको छ ।


कार्यक्रममा महासंघद्वारा स्थापित ५ हजार राशीको गणतन्त्र पत्रकारिता पुरस्कार आवाज अनलाइनका पत्रकार शम्भु गौतम प्रदान गरिएको छ ।


समाजसेवी मुक्तीमणि प्रधान र परिवारले स्थापना गरेको हेमकुमारी स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कार रातोपाटी अनलाइनकी इलिजा एलिजा उप्रेतीलाई प्रदान गरिएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?