कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा बजार अनुगमन थालियो, ३ सय ९० लिटर घरेलु मदिरा नष्ट

कृष्ण थापा

नुवाकोट — बजारमा अखाद्य वस्तुको बिक्री वितरण र मूल्य वृद्धि रोक्न भन्दै स्थानीय प्रशासन र कोष तथा लेखा नियन्त्रक कार्यालयले बजार अनुगमन थालेका छन् । 

नुवाकोटमा बजार अनुगमन थालियो, ३ सय ९० लिटर घरेलु मदिरा नष्ट

जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११, १३, ककनी गाउँपालिकाको वडा नम्बर ४ र ५ का थोक बिक्री गर्ने पसल, होलसेल र होटलहरुको बिहीबार अनुगमन गरिएको छ । प्रशासकीय अधिकृत नन्दलाल शर्मा, नासु केशव पाण्डे, उपभोक्ता मञ्चका अध्यक्ष इन्द्रबहादुर पण्डितको नेतृत्वमा गएको टोलीले पसलमा राखिएका सामाग्रीको मूल्यसूची, प्यान दर्ता, उपभोग मिति नाघेका खाद्य तथा पेयपदार्थहरु अनुगमन र होटलहरुको भान्सा तथा खाद्य पदार्थको अवलोकन तथा निरिक्षण गरेको छ ।


त्यसैगरी कोष तथा लेखा नियन्त्रण कार्यालयले मदिराजन्य पदार्थको बिक्री वितरण, पसल दर्ता र नवीकरण भए/नभएको निरीक्षण गरेको थियो । कतिपय विक्रेताले पसलको नाम, मूल्यसूची नराखेको, प्यान दर्ता नभएको पाइएको थियो । थोक विक्रेता पसलहरुको नवीकरण गर्ने र इजाजत लिन अनुगमन टोलीले जानकारी गराएको थियो ।


३ सय ९० लिटर घरेलु मदिरा नष्ट


जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । जिल्लामा घरेलु मदिराको नियन्त्रण र नियमन गर्न प्रहरी सक्रिय भएपछि उक्त मदिरा संकलन गरी नष्ट गरेको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले बताए । गाउँघरमा घरेलु मदिराले गर्दा झैझगडा र अपराध बढ्दै गरेकाले अवैध मदिरा बरामद गरेर नष्ट गर्न थालिएको उनले बताए । शुक्रबार प्रहरीले पत्ररकारहरुको रोहवरमा ३ सय ९० लिटर मदिरा नष्ट गरेको छ ।


छुटै कार्यक्रममा 'प्रहरी मेरो साथी' अन्तर्गत टोलटोलमा प्रहरी अभियान कार्यक्रम सुरु गरिएको एसपी कुँवरले बताए । अपराध र कुनै पनि घटना हुनबाट जोगाउन र स्थानीयवासीलाई प्रहरीप्रतिको विश्वास र आफू सुरक्षित छ भन्न टोलटोलमा प्रहरी भन्ने कार्यक्रम सुरु गरिएको उनले बताए ।

प्रकाशित : असार १, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?