कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनलाई उपहार दिने गैंडा काठमाडौं पठाइयो 

रमेशकुमार पौडेल

चितवन — नेपाल सरकारले चीनलाई उपहार दिएको गैंडा मंगलबार मध्याह्न काठमाडौं पठाइएको छ ।काठको विशेष खोरमा राखिएका गैंडाका बच्चाहरुलाई ट्रकमार्फत काठमाडौं लगिएको हो ।

चीनलाई उपहार दिने गैंडा काठमाडौं पठाइयो 

निकुञ्जको पश्चिम क्षेत्र खोरिया मुहानबाट समाएको भाले गैंडा भद्र र सुखिभारबाट समाएको पोथी गैंडा रुपसीलाई सौराहाबाट संरक्षणकर्मी, स्थानीय तहका प्रतिनिधि र कर्मचारीहरुले मंगलबार मध्यान्ह बिदा गरे । ठूला गैंडा चीन लैजान गाह्रो हुने भएकाले चारवटा बच्चा गैंडा पठाउने निर्णय भएको हो । अहिले दुईवटा पठाएपछि केही समय पछि थप दुईवटा लगिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।


गैंडा राखिएको ती खोरहरु असार २८ गते बिहीबार विशेष कार्गो विमानमा राखेर चीन लैजाने निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए ।


यात्रा गराउँदा गैंडाको बच्चाहरुलाई बेहोस बनाइने छैन । दाना र फलफूल खुवाउँदै चीन लगिने छ । यी दुई गैंडालाई चीन गोन्जाओको चेमोलोङ पार्कमा राखिने ढकालले बताए । गैंडासँगै नेपालबाट दुईजना पशु चिकित्सक र रेखदेख गर्न अरु तीनजनाको टोली पनि जाँदै छ ।


सरकारले निर्णय गरेको ठिक दुई वर्षपछि गैंडाहरुको चीनका लागि निस्केका छन् । २०७३ सालको असार २६ गते चीनलाई गैंडा उपहार दिने सरकारले गरेको निर्णय भएको थियो ।

प्रकाशित : असार २६, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?