कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाला डाम्ने धामी धरौटीमा छुटे

टीकाप्रसाद भट्ट

रामेछाप — बोक्सी भगाउने भन्दै लिखु तामाकोसी गाउँपालिका-१, दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा फलामे पुन्यूले डाम्ने धामी रवीन्द्र नेवार ५० हजार धरौटी बुझाएर रिहा छन् ।

गाला डाम्ने धामी धरौटीमा छुटे

जेठको अन्तिम साता पेटको बिरामी परेकी दर्जीलाई झारफुक गर्न आएका ओखलढुंगा रगनीका धामी रवीन्द्र नेवारले बोक्सी भगाउने भन्दै फलामको पुन्यू तताएर दर्जीको गाला डामेका थिए । सिस्नु पानी लगाउँदै पुन्यूले डामेपछि दर्जी बेहोस भएकी थिइन् । रोग निको पार्न आएका उनी दर्जी बेहोस भएपछि फरार भएका थिए । प्रहरीले सेलेघाटबाट पक्राउ गरी बोक्सी ऐनबमोजिम मुद्दा चलाएको थियो ।


बिहीबार रामेछाप जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले धामीलाई ५० हजार धरौटी मागेको थियो । उक्त घटनामा सहयोगी भएको आरोप लागेका अन्य ४ जनालाई पनि जनही २० हजार धरौटी लिने फैसला पौडेलको इजलासले सुनाएको छ ।

प्रकाशित : असार २८, २०७५ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?