कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले घर पुरिदाँ ४ जना घाइते

कृष्ण थापा

नुवाकोट — अविरल वर्षापछि सूर्यगढी गाँउपालिका–३ चोगतेमा खसेकाे पहिरोले एक घर पुरिदाँ ४ जना घाइते भएका छन् । 

पहिरोले घर पुरिदाँ ४ जना घाइते

बुधबार राति परेको वर्षाले घरमाथिबाट झरेको पहिरोले पुरिएर ५२ वर्षीय नवबहादुर श्रेष्ठ, उनकी ४८ वर्षीया श्रीमती निरु श्रेष्ठ, २१ वर्षीया छोरी निशा र १८ वर्षीय छोरा विशाल पहिरोले पुरेपछि छिमेकीले उद्धार गरी विदुरस्थित अस्पतालमा उपचार गरिएको छ ।


उनकी श्रीमती निरु भने गम्भीर रहेकाले सेनाको श्रीनाथ गणले उपचारका लागि काठमाडांै पठाएको छ ।


उनको घरभित्र रहेको किराना पसलका सामग्री, नगद, सुनचाँदी, १३ वटा बाख्रा, १९ वटा कुखुरा पहिरोले पुरिएको छ ।


त्यसैगरी ताँदीगाँउपालिका–५ बन्चरेमा बुधबार साढे सातबजे आएको पहिरो बीरबहादुर तामाङ, हरिबहादुर तामाङ र सम्बर बहादुर तामाङको घर पुरेको गाँउपालिका प्रमुख नारायणप्रसाद पाण्डेले बताए । उनीहरुलाई गाँउपालिकाले राहत वितरण गर्न लागेको छ । उनीहरुका दर्जन गाई, भैसी र बाख्रा मरेका छन् । सोही ठाँउका अन्य १४ घर पनि पहिरोको जोखिममा परेका छन् ।


ग्रामीण वस्तीमा लगिएका सडकहरुमा समेत वर्षाले क्षति पुऱ्याएको छ । गंगटे–ढिकुरे–छहरे सडक खण्डको बराफेदीमा बनाएका नयाँ दुई वटा पक्की पुलमा पनि क्षति पुगेको छ ।

प्रकाशित : श्रावण ३, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?