कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

नगेन्द्र अधिकारी

हेटौंडा — प्रमुख विपक्षी कांग्रेसको अवरोधपछि बिहीबारको प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख र उपसभामुख एकै दलको भएको, भूकम्पपीडित प्रभावित, मूल्यवृद्धि भएको, गिट्टी, ढुंगा, बालुवामा लगाइको कर बढी भएको, संविधानविपरीत जनयुद्ध शब्द प्रयोग भएको भन्दै कांग्रेसले अवरोध गरेको हो ।

कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बाँनियाले अघिल्लो सरकारले ल्याएको अध्यादेश लत्याएर चिकित्सा शिक्षाको प्रतिस्थापन विधेयक ल्याउन लागेको भन्दै आपत्ति जनाउँदै सदन अवरोध गर्ने घोषणा गरे । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक शुक्रबार ११ बजेसम्मको लागि स्थगित भएको जानकारी गराएका थिए ।


दुई सातापछि बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस हुने कार्यसूची थियो । जेठ २६ गते प्रविवेदन पेस गर्दै समितिले प्रदेश राजधानीको लागि वर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरेको थियो । आजैको प्रदेश सभा बैठकमा ‘मुख्यमन्त्री मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा परेका संशोधनसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची भए पनि स्थगित भएका कारण हुने सकेन ।


मर्यादाक्रम विवादका कारण लामो समय छलफल नै रोकिएको विधेयकमा दफावार छलफल भएर प्रतिवेदन तयार भए पनि पेस भएको थिएन । प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका आर्थिक विद्येयक, विनियोजन विधेयक र कर तथा गैरराजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सभालाई जानकारी गराउने कार्यसूची थियो ।

प्रकाशित : श्रावण ३, २०७५ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?