पहिरोमा १ तीर्थयात्रीको मृत्यु

बलराम घिमिरे

रसुवा — रसुवाको गोसाइँकुण्ड जाँदै गरेका १ तीर्थयात्रीको शुक्रबार दिउँसो पहिरोमा परेर मृत्यु भएको छ । गोसाइँकुण्ड गाँउपालिका–५ मिनी गोसाइँकुण्ड नजिकै उकालोमा पैदल हिँडिरहेका रौतहट चन्द्रनिगाहपुरकी ३५ वर्षकी नम्रता कार्कीको मृत्यु भएको हो । पहिरोमा परी रौतहट चन्द्र नगरपालिका–१ बस्ने वर्ष ३५ की रमा आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले बताएको छ ।

घाइते आचार्यको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

Yamaha

प्रहरी नायव उपरीक्षक सन्तोष तामाङका अनुसार पहिरो खस्नेक्रम जारी छ। प्रहरीसहितको टोलीले उद्धार गरिरहेको छ।रौतहटबाट गोसाइँकुण्ड तीर्थयात्रामा हिँडेको टोलीमा २७ जना रहेको बुझिएको छ।

Esewa Pasal

प्रकाशित : श्रावण १८, २०७५ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रसुवामा कन्टेनर दुर्घटना हुँदा ३ को मृत्यु, १ गम्भीर घाइते [अपडेट]

बलराम घिमिरे

रसुवा — गोसाइँकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा ३ जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटना परी अर्का एक जना गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा परी मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६ वर्ष ३५ का माइले तामाङ, साङ्गे लामा र चालक रामे विक रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए । तिनै जनाको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धुन्चेबाट स्याफ्रुतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेनर दुर्घनामा परेको हो । दुर्घटनामा परी गोसाइँकुण्ड गाउँपालिका–६ का नरेश मल्ल गम्भीर घाइते भएका छन् । गम्भीर घाइते मल्ललाई जिल्ला अस्पताल धुन्चे प्राथमिक उपचार गरी थप उपचारका काठमाडौं लगिएको छ ।

घाइतेको टाउको र तिघ्रामा गम्भीर चोट लागेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा. गुणनिधि शर्माले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर आउन नसक्दा गाडिमा लगिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । सडक भन्दा करिब १ सय ५० मिटर तल खसेको कन्टेनरमा ४ जना सवार थिए ।

प्रकाशित : श्रावण १५, २०७५ १४:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT