कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

गाउँपालिकाले गर्भवतीलाई दैनिक एउटा अण्डा खुवाउने 

राजेन्द्र मानन्धर

दोलखा — शैलुङ गाउँपालिकाले गर्भवती महिलालाई पौष्टिक तत्व पूर्ति गर्न कुखुराको अण्डा नि:शुल्क वितरण थालेको छ ।

गाउँपालिकाले गर्भवतीलाई दैनिक एउटा अण्डा खुवाउने 

एकवर्षमा उक्त गाउँपालिकामा करिब चार सय जना गर्भवती हुने अनुमान छ । जाँच गराउन स्वास्थ्य केन्द्र आएका बेला गर्भवतीले दैनिक एउटा अण्डा खान पुग्नेगरी अण्डा लिएर जान सक्छन् ।


गाउँपालिका अध्यक्ष भरत दुलालले गर्भवतीले नियमित जाँच गरुन र पोषण पनि पुगोस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको बताए । अण्डा खरिदका लागि चालू आर्थिक वर्षका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए ।


शैलुङ गाउँपालिकाभित्र पाँचवटा स्वास्थ्य चौकी छन् । त्यहाँको तथ्याङ्कमा आधा जति गर्भवतीले नियमित स्वास्थ्य जाँच गर्दैनन् । त्यसलाई मध्यनजर गरी कार्यक्रम घोयषणापछि नियमित जाँच गराउनेको संंख्या बढेको दाबी अध्यक्ष दुलालले गरे ।


गर्भवती भएपछि वर्षको चारपटक स्वास्थ्य जाँच गराउनुपर्छ । कार्यक्रम प्रभावकारी बनाउन शुक्रबार सात जना महिलालाई जनही चार बाक्साको दरले अण्डा वितरण गरी कार्यक्रमको सुरु भएको स्वास्थ्य चौकी व्यवस्थान समितिका सदस्य बलराम कार्कीले जानकारी दिए ।


अण्डामा पाइने पोषण तत्वले गर्भवती महिलालाई फाइदा पुग्ने, गर्भमा हुर्किरहेका शिशुलाई पनि आवश्यक पौष्टिक तत्व पुग्ने भएकाले त्यसको व्यवस्था गरिएको गाउँपालिकाको बजेट कार्यक्रममा प्रष्टयाइएको छ ।


स्थानीय व्यवसायीले उत्पादन गरको अण्डालाई पहिलो प्राथमिकतामा राखेर खरिद गर्ने नीति पनि लिइएको छ । उक्त नीतिले गाउँपालिकाभित्र कुखुरा पाल्ने र अण्डा उत्पादन गर्ने व्यवसायीहरु प्रोत्साहित हुने अध्यक्ष दुलालले जानकारी दिए ।

प्रकाशित : श्रावण २६, २०७५ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?