कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करको नयाँ दर ल्याउने सहमतिपछि रत्ननगमा अनशन स्थगित

रमेशकुमार पौडेल

चितवन — रत्ननगर नगरपालिकाले करको दर अत्याधिक बढाएको भन्दै त्यसको विरोधमा रिले अनशनमा बसेका नेपाली कांग्रेस लगायतका सात दलसँग बुधबार मध्यरातमा सहमति भएको छ ।

करको नयाँ दर ल्याउने सहमतिपछि रत्ननगमा अनशन स्थगित

करको नयाँ दर रेट कायम गर्न रत्ननगर नगरपालिकाका उप–मेयर बिमला दुवाडीको संयोजकत्वमा विज्ञ समूह गठन गर्ने सहमति भएको कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले जानकारी दिए ।

उक्त समितिमा नगरपालिकाबाट तीनजना र संघर्ष समितिका तीनजना बस्ने छन् । समितिले करको दर सिफारिस गर्ने र विशेष नगरसभाले नयाँ दररेट कायम गर्ने सहमति भएपछि आइतबारदेखि नगरपालिकामा सात दलले सुरु गरेको रिले अनशन पनि अन्त्य भएको छ । विशेष नगरसभाले तोकेपछि मात्रै नयाँ दररेट लागु हुने सहमति भएको छ । रत्ननगरमा एकीकृत सम्पत्ति कर अत्याधिक बढेको गुनासो थियो ।

आन्दोलनरत सात दलले साउन १४ गते सोमबार नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि पनि केही चासो नदिएपछि २४ गते कर शाखामा धर्ना दिएका थिए । दलहरुले २५ गते नगरपालिका गेटमा कोणसभा गरेर दवाव दिए । तर सुनुवाइ नभएपछि रिले अनशन बस्नु बस्न सुरु गर्नु परेको काँग्रेसका नगर सभापति रुपनराज घिमिरेले बताए ।

नगरपालिकाको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी बाहेकका बाम घटक पनि सामेल थिए । कांग्रेस, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, मोहन बैद्य निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो), राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टी–नेपालले संयुक्त रिले अनशन सुरु गरेका थिए । रत्ननगर चितवनको दोस्रो ठूलो नगरपालिका हो ।

बुधबार मध्यरातमा भएको सहमति पत्र पढेर सुनउाँदै कांग्रेस नगरसभापति रुपनराज घिमिरे । नगरपालिकामा करको विरोधमा गर्दै आएको रिले अनशन लगायतका आन्दोलन अन्त्य भएको छ ।

प्रकाशित : श्रावण ३१, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?