कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले बाह्रबिसे जोड्ने पुल धरापमा 

अनिश तिवारी

बाह्रबिसे (सिन्धुपाल्चोक) — शुक्रबार रातिको बर्षाका कारण साँधीखोल्चामा आएको बाढीले बाह्रबिसे नगरपालिका बाह्रबिसे बजार र खुर्सानीबारी जोड्ने पुल क्षतिग्रस्त बनाएको छ ।

बाढीले बाह्रबिसे जोड्ने पुल धरापमा 

बाह्रबिसे–३ भीरकुना र ४ कोसिनडाँडामा खसेको पहिरो र वर्षाले साधी खोला बढेर अएपछि बाह्रबिसे जोड्ने साँधीखोल्सा पुलको धरापमा परेको हो ।

पुलमा क्षति पुगेपछि बजारका स्थानीयमा त्रास फैलिएको छ । बजार जोड्ने पुलको कुनाको भागलाई बाढीले हुत्याएर सुनकोसी छेउमा पुर्‍याएपछि पुलको एकछेउ ढल्किएको छ । पुल खतरामा भएपछि बढी भारका सवारीसाधनलाई आउजाउ गर्न प्रतिबन्ध लगाइने प्रहरीले जनाएको छ । पुल जोखिममा परेपछि त्रासमा यसक्षेत्रका सवारीसाधान जान नमान्ने भएपछि डराउदै यात्रु पैदल यात्रा गर्न बाध्य छन् ।

समयमा नै पुलको सुरक्षामा चासो नदिए खुर्सानीबारी र बाह्रबिसे बजारको सम्पर्क टुट्ने स्थानीयको भनाइ छ । यँही बजार हुँदै सीमावर्ती क्षेत्र तातोपानी देखि दुई दर्जनभन्दा बढी गाँउका स्थानिय ओहोर दोहोर गर्ने भएकाले तत्कालै मर्मत थालिनुपर्ने स्थानीय सुरेन्द्र श्रेष्ठले बताए । ‘यस्तै रहे बजार जोखिममा छ , छेउको बाढी र पहिरोले पुल भत्काएजस्तै बस्ती खतम बनाउँछ,’ पुल देखाउँदै श्रेष्ठले भने । भीरकुना गाउँ हुँदै बजार झरेको साधीखोला बढेर सुनकोसीको सतह माथि आएपछि बजारमा भागभाग हुने गरेको उनले सुनाए ।

साधीखोलाले वरिपरीको भाग लाछ्दै लगेकाले बेलैमा रोकथाम नगरिए बजार संकटमा पर्ने दुर्गाप्रसाद भण्डारी सुनाउँछन् । ‘पुल यही तरिकाले कोशी छेउ ढल्कदै गए, बजारलाई कोसीले असर पुग्छ,’ उनले भने । जिल्लाभर बाढी पहिरोले विपद् निम्ताएर प्रहरीलाई हैरान बनाइएको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले बताए ।

प्रकाशित : भाद्र २, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?