कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७० क्विन्टल मरिच बरामद

धादिङ — धादिङको मझिमटारस्थित प्रहरीले ७० क्विन्टल मरिच बरामद गरेको छ । पृथ्वी राजमार्गमा सवारी साधनको चेकजाँच गर्ने क्रममा बिहीबार बिहान २ सय ८० बोरा मरिच बोकेको भारतीय कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको हो ।

७० क्विन्टल मरिच बरामद

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट चितवनतर्फ अवैध रूपमा मरिच लैजाँदै गरेको सूचनाको आधारमा बिहीबार बिहान इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरी टोलीले राजमार्गमा सवारी चेकजाँच गर्नेक्रममा उक्त मरिच बरामद भएको हो ।


बरामद मरिचको भन्सार प्रज्ञापनपत्र र बिलबीजक माग गर्दा चालकले पेस गर्न नसकेकाले २५ किलो ग्रामका दरले २ सय ८० बोरामा रहेको ७० क्वीन्टल मरिच बरामद भएको हो ।


प्रकाशित : भाद्र २, २०७५ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?