कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकट गाउँमा सुविधायुक्त चौकी

हेटौंडा — मकवानपुरको दुर्गम गाउँमा सुविधा सम्पन्न प्रहरी कार्यालय बनेको छ । जिल्लाका सुगम बस्तीमा समेत राम्रो चौकी नबनेको अवस्थामा कैलाश गाउँपालिका ३ को कालिकाटारस्थित कटुञ्जेमा भने सुविधायुक्त बनेको हो ।

विकट गाउँमा सुविधायुक्त चौकी

गाउँको सबैभन्दा अग्लो स्थानमा बनाइएको चौकीमा महिला तथा पुरुष हिरासतसमेत रहेको छ ।

दुई कठ्ठा जमिनमा निर्माण गरिएको साढे २ तले भवनमा १० वटा कोठा छन् । ‘कालिकाटारको चौकी भवन अरू गाउँमा छैन,’ प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले भने, ‘ग्रामीण भेगमा पनि सुविधायुक्त हिरासतसहितको चौकी आवश्यक छ ।’ करिब ८८ लाख लागतमा बनेको चौकी सईको नेतृत्वमा छ ।

उक्त चौकी ०४१ सालमा भार्ताबाट कालिकाटारको कटुञ्जेमा स्थानान्तरण गरिएको थियो । भवन अभावका कारण उक्त चौकीका प्रहरी सार्वजनिक जग्गामा टहरा बनाएर वसेका थिए । भवन निर्माणपछि दुई वर्षदेखि प्रहरी आफ्नो भवनमा बस्न थालेको छ । गाउँपालिका केन्द्रमा प्रहरी चौकी रहेसँगै सानिमा बैंक शाखा पनि खुलेको छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?