कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुरमा बस र ट्रक जुध्दा एकको मृत्यु, १५ घाइते

रमेशकुमार पौडेल

चितवन — नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ जुगेडी खयरखोलामा बुधबार दिउँसो पौने चार बजे बस र ट्रक जुध्दा एकजनाको मृत्यु भएको छ । 

भरतपुरमा बस र ट्रक जुध्दा एकको मृत्यु, १५ घाइते

दुर्घटनामा १५ जना घाइते भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार नारायणगढबाट गोरखा जाँदै गरेको ना ४ ख ७५१३ नम्बरको बस र नारायणगढतर्फ आउँदै गरेको लु १ ख ७४०६ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।


चितवन प्रहरीका अनुसार निधन हुनेमा बसका चालक गोरखा आरुपोखरी घर भएका ४० वर्षका काजीराम योगी रहेका छन् । घाइते १५ जनाको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र ६, २०७५ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?