कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले पृथ्वीराजमार्ग आज पनि अवरुद्ध 

हरिहरसिंह राठौर

गल्छी (धादिङ) — शुक्रबार खसेको पहिरोबाट शनिबार बिहान पनि लेदो बग्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 
गल्छी गाँउपालिका–७ को उकालो मोडमा रातो र चिप्लो माटो बगेपछि ३ घण्टा देखि यातायात ठप्प भएको हो ।

पहिरोले पृथ्वीराजमार्ग आज पनि अवरुद्ध 

शुक्रबार बिहान करिब ४ घण्टा सडक जाम गरेको उक्त पहिरोले बगाएको रातो माटोले सवारी साधनहरु चिप्लिने गरेका थिए ।


राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनको लामो लाइन लागेको छ । अवरुद्ध राजमार्ग सुचारु गर्न दुवैतर्फ सडक डिभिजन कार्यालयका २ वटा लोडर र डोजर प्रयोग गरिएको गजुरी स्थित जिल्ला ट्राफिक प्रहरी इन्चार्ज हेमराज घिमिरेले बताए ।

प्रकाशित : भाद्र ९, २०७५ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?