कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोमा पुरिएर २ को मृत्यु, ९ जना घाइते

बलराम घिमिरे

रसुवा — रसुवागढी जलविद्युत आयोजनाको कामदार बस्ने स्थान नजिकै शनिबार राति पहिरो खस्दा आयोजनामा काम गर्ने दुई जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । 

पहिरोमा पुरिएर २ को मृत्यु, ९ जना घाइते

गोसाइाकुण्ड गाउँपालिका–१ स्थित रसुवागढी जलविद्युत आयोजनाको कामदार बस्ने स्थान नजिकै शनिबार राति करिब ९ बजे पहिरो गएको आयोजना प्रमुख छवि गैरेले बताए । मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमाहानगरपालिका–११ का २२ वर्षीय रमेश कप्रोला र रुकुमको भूमे गाउँपालिका–९ का ५० वर्षीय भीम रोका छन् ।


रमेश कप्रोलाको घटनास्थलमै र भीम रोकाको अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । पहिरोमा परि गम्भिर घाइते हुनेमा चिनियाँ नागरिक एमआर इथ्यो, रुकुम जिल्ला भूमे गाउँपालिका–२ का ३० वर्षीय टेकमान बुढा र जगदीश रोका, कृष्णपुर नगरपालिका–१ का ३० वर्षीय प्रकाश भट्ट रहेका छन् । गम्भिर घाइते भएका चारै जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।


तीन जनालाई शनिबार राति नै र एक जनालाई आइतबार विहान काठमाडौं लगिएको हो । घाइते भएका अन्य ५ जनाको चिनियाँ क्याम्प टिमुरेमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?