कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राविधिक विषयलाई सप्ताह

मकवानपुर — मकवानपुरको सबैभन्दा जेठो माध्यमिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालनका लागि आर्थिक संकलन गर्न सोमबारदेखि सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ ।

प्राविधिक विषयलाई सप्ताह

जिल्लाको पूर्व सदरमुकाम भीमफेदीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा १८ महिनाको सवओभरसियरको पढाइ सञ्चालन गर्न सप्ताह ज्ञान महायज्ञ लगाएको हो । विद्यालयको परिसरमा लगाएको महायज्ञको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै भने, ‘महायज्ञले धर्मको मात्र चर्चा परिचर्चा गर्दैन, यसले सामाजिक काम पनि गर्छ ।’

जुनै पनि धर्मलाई सामाजिक काममा जोड्नुपर्ने बताए । ‘वेद विज्ञान हो, यसको परिभाषा वैज्ञानिक ढंगले नगरेकाले विगतमा भ्रम पैदा भएको हो,’ उनले भने । प्राविधिक शिक्षाले मात्र मुलुकको विकास हुने भएकाले संघीय र प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पनि एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको मुख्यमन्त्री पौडेलले बताए ।

२००४ सालमा स्थापना भएको उक्त विद्यालयमा चालू शैक्षिक सत्रदेखि सवओभरसियर पढाइ सुरु गर्न लागेको छ । कार्यक्रम सुरु हुनुभन्दा अघि सयौं महिलाको उपस्थिीिमा कलशयात्रा गरिएको थियो । उक्त विद्यालयमा करिब ६ सय छात्रछात्रा अध्ययनरत छन् । असोज ८ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञमा करिब ४० लाख रुपैयाँ संकलन हुने आयोजकको अनुमान छ ।

प्रकाशित : आश्विन २, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?