कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंअघि ग्रामीण सडक सञ्चालन हुने

हरिहरसिंह राठौर

धादिङ — सदरमुकाम धादिङबेंसीबाट जिल्लाका ग्रामीण भेकमा जाने ग्रामीण सडकहरू दसैंअघि नै सञ्चालन हुने भएका छन् । जेठको वर्षातदेखि नै हिलो र खाल्डा परेर अवरुद्ध भएका ग्रामीण सडक सुचारु गर्न जिल्लाका अधिकांश स्थानीय तहहरूले तदारुकता देखाएका छन् ।

दसैंअघि ग्रामीण सडक सञ्चालन हुने

‘वर्षात रोकिएको संकेत पाइएकाले कच्ची सडक मर्मत गरेर यातायात सञ्चालन गर्न उपकरणहरू प्रयोगमा ल्याइसकेका छौं,’ नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले बताए ।

सबै स्थानमा यातायात सञ्चालन हुन सक्ने गरी सडक मर्मत कार्य अविलम्ब गर्न एक वडा एक सडक मर्मत उपभोक्ता समिति गठन गरी सडक मर्मत गर्ने नगरपालिकाले निर्देशन दिएको छ । ‘दसैंलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरू आपूर्ति गर्नकै लागि पनि ग्रामीण सडकहरू सुचारु गर्न आवश्यक भइसकेको बताउँदै ज्वालामुखी गाउँपालिका प्रमुख विनोद तिमिल्सिनाले ‘एक घण्टाको यात्रा हुने सडक वर्षातले ४ घण्टा समय लाग्ने भइसकेको छ ।

सदरमुकामसँग जोडिएका अन्य स्थानीय तहहरू पनि तात्तिएका छन् । सदरमुकामसँग जोडिएको ज्वालामुखी, सिद्धलेक, खनियावास, नेत्रावती, त्रिपुरेश्वर गाउँपालिकाहरूले पनि एस्काभेटरलगायतका उपकरणको जोहो गर्दैछन् ।

आफैंले एस्काभेटर किनेकाहरूले सडक मर्मत कार्यमा लगाइसकेका छन् । खरिद नगरेकाहरूले भाडामै लिएर मर्मत थालनी गर्दैछन् । उत्तरी भेक रुवीभ्यालीका बस्तीबाहेक जिल्लाका अन्य अधिकांश बस्तीमा कच्ची सडकको पहुँच पुगिसकेको छ ।

प्रकाशित : आश्विन ८, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?