२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

१० वर्षीय बालकको हत्या काकाबाट

कान्तिपुर संवाददाता

दोलखा — हराइरहेका १० वर्षीय कुशल विश्वकर्माको हत्या उनकै काका नाता पर्नेबाट भएको प्रहरी अनुसन्धानमा भएको खुलेको छ ।

१० वर्षीय बालकको हत्या काकाबाट

शैलुङ गाउँपालिका–८ ढाडेका कुशल हराएको १५ दिनपछि जंगलमा मृत भेटिएका थिए । सडेको अवस्थामा उनको शव बुधवार भेटिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये मृतकको काका पर्ने २५ वर्षीय उमेश विकले हत्या गरेको स्वीकारेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए ।


मृत बालकका बुबा राजु विश्वकर्माले काकाका छोरा २५ वर्षीय उमेश विकविरुद्ध किटानी जाहेरी दिएका छन् । घरबाट तीजको जात्रा हेर्न भदौ २७ गते घर नजिकैको शैलुङस्थित भैसेडााडातर्फ जाादै गरेका कुशललाई उमेशले हत्या गरेको स्वीकारेका छन् ।


हिड्दाहिड्दै जंगलमा पुगेपछि आफूलाई ‘खाते मर्‍यो’ भनेको रिसले कुशलको गुप्ताङ्गमा हिर्काएको उनले प्रहरीसमक्ष बयान गरेका छन् । अण्डकोषमा लाग्नेवित्तिकै ढलेपछि मरेको ठानी कुशललाई जंगलमा लगेर स्याउलाले छोपेको उमेशले स्वीकार गरेका छन् ।


हत्या अभियोगी उमेश मृतक कुशलका बाबु राजुको काकाका छोरा हुन् । दाजुभाई नाता पर्ने उमेश र राजुबीच जग्गा विवाद थियो । त्यसको निहुामा झगडा पनि भैरहन्थ्यो । जंगलको बीचमा भेटिएका कुशललाई जथाभावी बोलेको आक्रोशमा कुटपिट गरेको उमेशले बयान दिएको डीएसपी पाठकले बताए ।

प्रकाशित : आश्विन १२, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?