कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा १० घाइते

कान्तिपुर संवाददाता

धादिङ — भिन्नाभिन्नै दुर्घटनामा बुधबार १० जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको लु१ख ९८७९ नम्बरको बस र विपरीत दिशा जाँदै गरेको ना३ख ३१०६ नं.को बस पृथ्वीराजमार्गको धुनिबेंसी नगरपालिका ७ नौबीसेमा ठक्कर खाँदा ६ जना घाइते भएको खानीखोला प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० घाइते

घाइते हुनेमा स्थानीय थाक्रे ४ का सन्तबहादुर तामाङ, ना३ख ३१०६ नम्बरका बस चालक जयबहादुर तामाङ, विनोद लामा र भीमलाल तामाङ छन् । एक जनाको पहिचान हुन सकेको छैन । उनको टाउकोमा गहिरो चोट लागेकाले बोल्न नसकेको प्रहरीले जनाए । लु१ख ९८७९ नम्बरको बसका चालक मदनबहादुर थापा पनि घाइते छन् ।


यस्तै नीलकण्ठ नगरपालिका १० स्थित धादिङबेंसीबाट आरुघाट जाँदै गरेको ना४ख ५६३९ नम्बरको बस सडकमा पल्टिँदा सहचालक धादिङ सिद्धलेक–२ का शिव कसाई सख्त घाइते भएका छन् । सोही बसमा सवार अन्य ३ जना सामान्य घाइते भएका छन् ।

प्रकाशित : आश्विन २४, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?