कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँपालिकाबाट शिक्षकलाई अस्थायी ‘लाइसेन्स’

अस्थायी शिक्षकका लागि सञ्चय कोषको व्यवस्था गरेको गाउँपालिकाले विद्युतीय हाजिरी र मल्टिमिडिया प्रविधिबाट अध्यापन गराइरहेको वडाध्यक्ष सनत अधिकारीले बताए । 
अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिकाले शिक्षकलाई अस्थायी ‘लाइसेन्स’ दिने निर्णय गरेको छ । शैक्षिक गतिविधिलाई भरपर्दो बनाउन जुगल गाउँपालिकाले अस्थायी माध्यमिक र आधारभूत तहको अध्यापन अनुमतिपत्रको व्यवस्था गरेको हो ।

गाउँपालिकाबाट शिक्षकलाई अस्थायी ‘लाइसेन्स’

गाउँपालिकामा मात्रै लागू हुनेगरी लामो समयदेखि परीक्षा नभएको हुनाले विज्ञान, गणित, अंग्रेजी जस्ता विषयमा शिक्षक जनशक्ति पाउन गाह्रो भएकाले यस्तो निर्णय गरिएको जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठले बताए । जुगलले हालै बैठक बसेर प्रक्रियासहित निर्णय गरेको हो ।


‘सरकारको तालिमप्राप्त मात्रैको स्थायी प्रवेशको शैक्षिक प्रावधानलाई सम्मान गर्छौँ,’प्रमुख श्रेष्ठले भने,‘तर सहज र व्यवस्थित बनाउन लामो छलफलपछि गाउँपालिकाबाट यस्तो निर्णय गरेका हौँ ।’ यसअघि विभिन्न नमुना निर्णय गरिसकेको गाउँपालिकाले शिक्षा विशेषज्ञ ल्याएर तालिम प्राप्तलाई गाउँपालिकाले परीक्षा लिने उनले जनाए ।


‘त्यहाँ उत्तीर्ण भएकाले अस्थायी लाइसेन्स पाउनेछन्,’ उनले भने । दुर्गम भेगमा रहेका विद्यालयमा परेको शैक्षिक समस्या र शिक्षकले भोग्नुपरेको निर्णयसम्बन्धी व्यवधानलाई समाधान गर्न यस्तो अभियान ल्याइएको उनको कथन छ ।


शिक्षामा अब्बल बनाउन र विद्यालयलाई नयाँ आयम दिन अभियान सुरु गरिसकेको उनको भनाइ छ ।आधारभूत र माध्यमिक तहको परीक्षा गाउँपालिकाले लिइसकेपछि सफल भएकाले गाउँपालिकाबाटै लाइसेन्स पाउनेछन् । यो सरकारी अध्यापन अनुमति पत्र बराबरकै हुने उनले प्रष्ट्याए ।


अस्थायी शिक्षकका लागि सञ्चय कोषको व्यवस्था गरेको गाउँपालिकाले विद्युतीय हाजिरी र मल्टिमिडिया प्रविधिबाट अध्यापन गराइरहेको वडाध्यक्ष सनत अधिकारीले बताए । ‘शिक्षाको सुधारका लागि तत्पर भएर लागिरहेका छौँ,’उनले भने ।

प्रकाशित : आश्विन २८, २०७५ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?