प्रदेश ३सवारी दुर्घटनामा ५ घाइतेआश्विन ३०, २०७५कृष्ण थापानुवाकोट — काठमाडौंबाट रसुवा आउँदै गरेको बा २ ज ४२५१ नम्बरको ट्याक्सी लिखु गाउँपालिका ३ स्थित पट्टाबारीमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । मंगलबार बिहान ३ बजे काठमाडौंबाट रसुवाका यात्रु लिएर हिँडेको उक्त ट्याक्सी ६ बजे दुर्घटनामा परेको हो ।घाइतेहरुको विदुरस्थित एक अस्पतालमा प्राथमिक उपचारपछि ५ जनालाई काठमाडौ रिफर गरिएको छ ।उनीहरु सबै रसुवा कालिका र नौकुण्ड गाउँपालिकाका स्थानीवासी हुन् । प्रकाशित : आश्विन ३०, २०७५ ०८:२९प्रतिक्रियापठाउनुहोस्