कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रामीण रुटमा नगर बस

कान्तिपुर संवाददाता

काभ्रे — मण्डनदेउपुर नगरपालिकासँगको सहकार्यमा यातायात व्यवसायीहरूले जिल्लाको ग्रामीण भेगमा पनि नगर बस सञ्चालन गरेका छन्  । हेलम्बु यातायात सेवा प्रालिले कुन्ताबेंसीलाई केन्द्रविन्दु बनाएर सबै वडामा सेवा पुग्ने गरी बस सञ्चालन गरेको हो  ।

ग्रामीण रुटमा नगर बस

कुन्ताबेंसी–नयाागाउँ–नगरकोट, कुन्तावेशी–गैह्रीबिसौना देउपुर–नाल्दुम नगरकोट, कुन्ताबेंसी– पौवा–ज्याम्दी–दोलालघाट, कुन्ताबेंसी–जोगीटार–हलेदे–दोलालघाट रुट हुने गरी बस सञ्चालन गरेको प्रालिका अध्यक्ष राजेशकुमार श्रेष्ठले बताए । नगरबस सञ्चालन भएका सबै रुट कच्ची हुन् ।


नगरपालिकाले सडक सामान्य मर्मत गरिदिएपछि ती रुटमा यातायात सञ्चालन हुन लागेको हो । ‘ग्रामीण भेगका ती सडकमा यातायात सञ्चालन गर्न निकै कठिन छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘नगरपालिकाले थप लगानी गर्ने हो भने ती रुटमा यातायात नियमित गर्न सकिन्छ ।’ नगर बसका लागि ५ वटा गाडी छन् । प्रालिले यसअघि पनि जोगीटार, नयाँगाउँ, देउपुर, चण्डेनी जाने गरी यातायात सञ्चालन गर्दै आएको छ ।


नगरवासीको सुविधालाई ध्यानमा राखेर नगर बस सञ्चालन गरेको नगरप्रमुख टोकबहादुर वाइवाले जानकारी दिए । बस सेवाको पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले उद्घाटन गरे । उनले नगर बस पनि विकासको एक आधार भएको भन्दै जनताको सेवामा केन्द्रित हुन अनुरोध गरे ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?