कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडामा नयाँ औद्योगिक क्षेत्र

२ सय १ बिघा जमिनमा तारबार लगाउने कार्य अन्तिम चरणमा
प्रताप विष्ट

हेटौंडा — प्रदेश—३ को हेटौंडा उपमहानगरपालिका—१४ को मयुरधापमा स्थापना गर्न लागेको नयाँ औद्योगिक क्षेत्रमा मयुरधाप कालापानी औद्योगिक क्षेत्र परियोजना कार्यालयको स्थापना गरिएको छ  ।
हेटौंडा—१४ मा स्थापित उक्त परियोजना कार्यालयको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले सोमबार परियोजना कार्यालयकाु उद्घाटन गरे  ।

हेटौंडामा नयाँ औद्योगिक क्षेत्र

सरकारले मुलुकमा नै रोजगारी सृजना गर्ने उद्देश्यले सात वटै प्रदेशमा एक/एक वटा औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो । सरकारले २०७२ चैत १ गते प्रदेश—३ को मयुरधापमा नयाँ औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

२०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जमिनको लालपुर्जा औद्योगिक क्षेत्रको नाम गरिएको थियो । अध्यक्ष बस्नेतले औद्योगिक विकास नभएसम्म मुलुक समृद्ध हुन नसक्ने भएकाले सरकारले प्रत्येक प्रदेशमा थप एक/एक वटा औद्योगिक क्षेत्र स्थापना गर्न लागेको बताए । यहाँ स्थापना भएका औद्योगिक क्षेत्रले स्थानीयवासीलाई रोजगारीमात्र होइन, मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने बताए ।

छिटै नै मयुरधाप कालापानी औद्योगिक क्षेत्र शिलान्यास हुने पनि उनले जानकारी गराएका थिए । मयुरधाप औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को काम सम्पन्न भइसकेको छ ।

करिब २ सय विगाहा जमिनमा औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो । २० विगाहा जमिन मुद्रण विभागले लिइसकेको छ । बाँकी जमिनलाई ४ देखि १४ रोपनीसम्मका गरी ६२ वटा प्लटमा विभाजित गर्ने हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडका प्रवन्धक नेपालभुषण वैद्यले बताए ।

नयाँ औद्योगिक क्षेत्रको जमिनमा अतिक्रमण र उत्खनन रोक्न तारबार लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । १० प्रतिशतमात्र काम बाँकी छ । केही जमिन पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जभित्रको परेकाले प्रक्रिया पुर्‍याउने क्रममा अलि ढिलाइ भएको व्यवस्थापन लिमिटेडका प्रमुख वैद्यले बताए । २ सय १ विगाहा जमिनमा तारबार लगाउने कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।


मयुरधापको उक्त ऐलानी जमिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा गराउन मन्त्रिपरिषदको बैठकले निर्णय गरेको थियो । नयाँ औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका कार्यहरू गर्न कम्तीमा २ वर्ष लाग्न सक्छ,’ प्रबन्धक वैद्यले भने । उक्त नयाँ औद्योगिक क्षेत्रमा सय वटा उद्योग स्थापना हुन सक्छन् । गुरुयोजना बमोजिम औद्योगिक क्षेत्र निर्माणमा साढे ७ अर्व खर्च हुने अनुमान गरिएको छ । नयाँ संविधान अनुसारको प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णयअनुसार मयुरधापस्थित उक्त जमिनमा ३ नम्बर प्रदेशको औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो ।

‘पूर्वमा मयुरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा १६ नम्बर वडा र दक्षिणमा उत्तरपानी पर्ने उक्त चार किल्लाभित्र रहेको चुरे खहरेको उकास जमिनमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो । चुरेको खहरेको उकास जमिनमा उद्योग स्थापना गर्न लागेको हो । वर्षौं अगाडिसम्म त्यही जमिन भएर चुरेको खहरे बग्ने गरेको थियो । अहिले धार बदलेर खहरे अन्यत्रबाट बगेकाले उक्त जमिन सुरक्षित रहेको हो ।


बुट्यानहरूले ढाकेको उक्त जमिनमा ठूला रूखहरू छैनन् । चुरेको खहरेको डर पनि छैन । खाली रहेको उक्त जग्गा समथर पनि छ ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?